Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एजेन्डाकै बलमा चुनावी मैदानमा हाेेमिएका हाैैंं, तालमेलको चर्चा निराधार हाेः प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पारेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कसैसँग चुनावी तालमेलको विषयमा न त सहमति भएको छ, न त औपचारिक छलफल नै भएको दाबी गरे। “हामी आफ्नै एजेन्डा र जनताको बलमा चुनावमा जान्छौं,” उनले भने, “चुनाव घोषणा भएको पहिलो दिनदेखि नै हाम्रो धारणा स्पष्ट छ।”

हाल विभिन्न सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्चामा आएको सम्भावित समीकरणबारे उनले असन्तुष्टि जनाए। प्रचण्डका अनुसार, पार्टीले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने रणनीति अघि बढाइसकेको छ र बाहिर आएका तालमेलसम्बन्धी खबरहरू निराधार हुन्।

उनले भदौ २३–२४ का घटनाक्रम उल्लेख गर्दै, “विध्वंस मच्चाउने शक्तिसँग कुनै प्रकारको तालमेल सम्भव छैन,” भने। त्यस्ता चर्चाले मतदातामा भ्रम सिर्जना गर्ने प्रयास भएको उनको आरोप थियो।

प्रचण्डले कार्यकर्तालाई संगठन सुदृढीकरण, एजेन्डा स्पष्टिकरण र जनतासँग प्रत्यक्ष संवादमा केन्द्रित हुन आग्रह गरे। उनका अनुसार, पार्टीको प्राथमिकता राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायका मुद्दालाई चुनावी बहसको केन्द्रमा ल्याउने हो।

निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच सम्भावित समीकरणबारे अड्कलबाजी भइरहेका बेला प्रचण्डको यो अभिव्यक्तिले नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा जाने संकेत दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending