काठमाडौं । अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । ह्युस्टन प्रहरीले पक्राउ गरेका व्यक्तिको नाम भने नखुलाएको नेप्योर्कले जनाएको छ । प्रहरीले उक्त व्यक्तिलाई ट्राफिक जामको समयमा पक्राउ गरेको हो ।
यसअघि बुधबार प्रहरीले मुना मृत भेटिएको घरबाट गत शनिबार एक व्यक्ति बाहिरिँदै गरेको तस्वीर सार्वजनिक गरेको थियो । प्रहरीले सो व्यक्तिलाई कतै देखे खबर गर्न अपील गरेको थियो। बिहीबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा ती व्यक्तिलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले तत्काल पक्राउ गरेको नेप्योर्कले जनाएको छ ।
आरोपीमाथि अनुसन्धान भइरहेका कारण प्रहरीले थप विषय खुलाउन चाहेको छैन । सोधपुछपछि हत्याको कारण खुलेपछि आरोपीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ । ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एअरपोर्ट नजिक रहेको मुनाको घरबाट एक पुरुष बाहिरिँदै गरेको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो।
भोजपुर घर भएकी २१ वर्षीया पाण्डेको आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानी भएको थियो । मुनाको छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...
आषाढ़ ७ गते, २०८३ - १०:०५
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...



प्रतिकृया लेख्नुहोस्: