एजेन्सी । हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ । इन्डोनेसियाको वातावरण मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्ति दोषी ठहरिएमा १५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाएको छ ।
इन्डोनेसियामा वन्यजन्तुको अवैध व्यापार व्याप्त रहेको छ । दक्षिण सुमात्रा प्रहरीले यसै वर्षको सुरुमा फेसबुकमा संरक्षित वन्यजन्तुका केही भाग बिक्रीका लागि प्रस्ताव गरेको पोस्ट देखेपछि अनुसन्धान सुरु गरेको थियो । दक्षिण सुमात्राको पालेम्बाङमा गैँडाको सिङ र हात्तीको दाँतबाट बनेको पाइप बिक्री गर्ने क्रममा गत साता ‘जेडए अर्थात् जा’ भनिने ६० वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।
उनको घरमा थप सात वटा गैँडाको सिङ र चारवटा हात्तीको दाँत फेला परेको प्रहरीले जनाएको छ । “उनी वन्यजन्तुको व्यापारमा निकै अनुभवी रहेको देखिन्छ,” वातावरण मन्त्रालयले भनेको छ । सन् २०१८ देखि यता उजुङ कुलोन राष्ट्रिय निकुञ्जमा २६ वटा लोपोन्मुख जाभान गैँडा मारेको आशङ्कामा प्रहरीले गत जुनमा चोरी शिकारीको समूहलाई पक्राउ गरेको थियो ।
कुनै समय दक्षिणपूर्वी एसियामा यिनीहरू हजारौँको सङ्ख्यामा थिए तर अनियन्त्रित चोरी सिकारी र तिनीहरूको वासस्थानमाथिको मानव अतिक्रमणले गर्दा धेरै प्रभावित भएका छन् र वातावरण मन्त्रालयले जङ्गलमा करिब ८० वटा मात्र जनावरहरू बाँकी रहेको बताएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले सुमात्रान गैँडालाई पनि अति सङ्कटापन्न घोषणा गरेको छ भने ५० भन्दा कम गैँडा बाँकी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: