नवलपुर । एकपटक नागरिकता लिएपछि पुनः अर्कोपटक झुटो विवरण पेस गरेर नागरिकता लिन खोज्ने एकजनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका– ५ निवासी बलराम सापकोटाका २८ वर्षीय छोरा अर्जुन सापकोटा पक्राउ परेका हुन् । ०७३ साउन १४ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट ३६२०२६–२५८३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका सापकोटाले जिल्ला प्रशासन कार्यालय नवलपुरबाट पुनः नागरिकता लिन लागेको थाहा पाएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।
उनले जन्ममितिलगायतका सम्पूर्ण विवरण झुटो पेस गरेका थिए । पक्राउ परेका सापकोटालाई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा १४ (६) बमोजिम दोहोरो नागरिकता कसुरमा पक्राउ गरिएको हो । उनले भदौ ११ गते जिल्ला प्रशासन कार्यालय नवलपुरमा झुटो विवरण पेस गरेर दोहोरो नागरिकता लिन खोजेकोले जिल्ला प्रशासन कार्यालय नवलपुरको पत्रअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सापकोटालाई जिल्ला अदालतमार्फत ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - १९:३०
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको ह...
पौष २६ गते, २०८१ - १९:१४
पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...
पौष २६ गते, २०८१ - १९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...
पौष २६ गते, २०८१ - १८:५३
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...
पौष २६ गते, २०८१ - १८:४४
काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ । बा २ क ६०८८ नम...
पौष २६ गते, २०८१ - १८:३८
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विष...
पौष २६ गते, २०८१ - १८:३३
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल उद...
पौष २६ गते, २०८१ - १८:२९
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेतावनी दिएका छन् । नेपाल ...
पौष २६ गते, २०८१ - १८:२४
काठमाडौं । समाजवादी मोर्चा फेरी सक्रिय हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएसँगै बि...
पौष २६ गते, २०८१ - १८:०७
काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२–०६३ मा नेपालमा राजनीतिक परिवर्तनका लागि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त ...
प्रतिकृया लेख्नुहोस्: