जर्मनी । युरो क्षेत्रको ब्याज दर निर्धारणकर्ताहरूले ‘बिस्तारै र सावधानीपूर्वक’ मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) का बोर्डका अधिकारीले शुक्रबार बताएका छन् । युरोपेली केन्द्रीय बैङ्कको ब्याज दर वृद्धिको ऐतिहासिक उचाइपछि युरोको प्रयोग गर्ने २० राष्ट्रहरूको समूह (यूरोजोन) को मुद्रास्फीति बिस्तारै केन्द्रीय बैङ्कको दुई प्रतिशतको लक्ष्यमा झरिरहेको छ ।
यस हप्ताको तथ्याङ्कले अगस्टमा जर्मनी र फ्रान्स दुवैमा मुद्रास्फीति १.९ प्रतिशतमा झरेको देखाएको छ । सन् २०२१ पछि दुवै देशमा पहिलो पटक मुद्रास्फीति दुई प्रतिशतभन्दा तल झरेको हो । ईसीबीले सेप्टेम्बरमा फेरि दर कटौती गर्न सक्ने सम्भावनाको सङ्केत गरेको छ ।
ईसीबीका बोर्ड सदस्य इसाबेल श्नाबेलले मुद्रास्फीतिको स्वभाविक चालले उपभोक्ता मूल्यहरू शान्त भइरहेको सङ्केतहरू दिएको र ‘सावधानीपूर्वक आउने मौद्रिक नीतिले अझै पनि सामना गरिरहेको चुनौतीलाई कम गर्ने’ बताएका छन् । इस्टोनियाको राजधानी तेलिनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष गरी ‘सेवा क्षेत्रमा निरन्तर मूल्यको दबाव’ लाई औंल्याए । उनले भने, “मौद्रिक नीति होसियारीका साथ ल्याइनुपर्छ र क्रमशः मुद्रास्फीति नियन्त्रण गर्दै अघि बढ्नुपर्छ ।”
उनले अगाडि भने, “नीतिगत सहजताको गति यान्त्रिक हुन सक्दैन । यसलाई तथ्याङ्क र विश्लेषणमा निर्भर गर्न आवश्यक छ।” ईसीबीले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा दुई प्रतिशतको लक्ष्यमा फर्कने प्रक्षेपण गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जाको मूल्यमा आएको वृद्धिले सन् २०२२ को अन्त्यमा युरोजोनको मुद्रास्फीति १० प्रतिशत नाघेपछि ईसीबीले आफ्नो कडा चक्र सुरु गरेको थियो ।
ब्याजदर वृद्धिको चक्रपछि पहिलो कटौती जूनमा भएको थियो । बैङ्कले जुलाईमा दोस्रो कटौती गर्ने अपेक्षा गरिएको भएपनि ब्याजदर परिवर्तन भएको थिएन तर अर्को महिना कटौतीको सम्भावनाहरू बढ्दै छन् । अगस्टको लागि यूरोजोन मुद्रास्फीतिको पूर्ण आँकडा शुक्रबार अबेर आउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: