मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गरेका छन् । काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कएका मन्त्री दाहालले पहिलो चरणमा उक्त सुरुङ मार्गको निरीक्षण गरेका हुन् ।
उनीसँगै नेकपा (एमाले) धादिङका नेताहरुको टोली काठमाडौंको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला निस्किएको थियो । सुरुङको यात्रा गरेर निस्किएका मन्त्री दाहालले नेपालमा सुरुङ मार्गको युग सुरु भएको बताए ।
सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन उनले निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिएकाे नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् । चन्द्रागिरि नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने उक्त सुरुङमार्गअन्तर्गत आपतकालीन सुरुङको लम्बाइ दुई दशमलव ५५७ किलोमिटर र मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६८८ किलोमिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ ।
आयोजनाको मुख्य सुरुङ र आपतकालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिए । “सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम सुरु भएको छ । आयोजनाअन्तर्गत अहिले तीन अन्डर पास, चार कल्भर्ट, तीन पुल, एउटा ओभर पास, फ्लाइओभरलगायत संरचना निर्माण भइरहेका छन्”, उनले भने ।
वि.सं २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । विसं २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - २०:४६
पेरिस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपे...
पौष २६ गते, २०८१ - २०:४०
बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंक...
पौष २६ गते, २०८१ - २०:२९
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयो...
पौष २६ गते, २०८१ - २०:२४
पर्वत । जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार...
पौष २६ गते, २०८१ - २०:१८
अमेरिका । अमेरिकाकाे क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपर...
पौष २६ गते, २०८१ - १९:५९
काठमाडाैं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । मन्त्रिपरिषद्का ६ निर्णय शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्...
पौष २६ गते, २०८१ - १९:३०
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको ह...
पौष २६ गते, २०८१ - १९:१४
पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...
पौष २६ गते, २०८१ - १९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...
पौष २६ गते, २०८१ - १८:५३
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...
प्रतिकृया लेख्नुहोस्: