Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

टुंडिखेलमा ओली-देउवाविरुद्ध नाराबाजी गर्ने युवा धरौटीमा छुटे

खबरडबली संवाददाता

काठमाडाैं । नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा छुटेका छन् । सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार ९–९ हजार रुपैयाँ धरौटी लिएर छाडेको हो ।

गत सोमबार काठमाडौंको टुंडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ परेका थिए । चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरुले विरोध गरेपछि प्रहरी नरम बनेको हो ।

साधरण तारेखमा छाड्नुपर्नेमा ९–९ हजार धरौटी लिइएकोमा उनीहरु असन्तुष्ट बनेका छन् । उनीहरुविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ ।

पक्राउ परेकामध्ये जैसी आइतबार वैदेशिक रोजगारीमा जाँदै छन् । त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन् भने ठगुन्ना कीर्तिपुरस्थित सहिद स्मारक कलेजका बिद्यार्थी हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रूसमा उडान भर्न ‘उच्च जोखिम’ इयू उड्ययन सुरक्षा निकाय

पेरिस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपे...

बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंक...

पुल भाँचिएर अवरुद्ध बनेकाे पूर्व–पश्चिम राजमार्ग तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयो...

कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

पर्वत । जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार...

अमेरिकाकाे लस एन्जलस डढेलोमा कम्तीमा १० जनाको मृत्यु

अमेरिका । अमेरिकाकाे क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपर...

यी हुन् गत मंगलबार बसेकाे मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडाैं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । मन्त्रिपरिषद्का ६ निर्णय शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्...

सुदूरपश्चिममा पुस २९ गते सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको ह...

पाेखरामा स्कुटर चोरीकाे आरोपमा तीन पक्राउ

पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...

अप्राकृति गठबन्धन अनि अलोकतान्त्रिक सरकार: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...

नवलपुरको दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy