म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो ।
नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मङ्गलाघाट बजारमा शुक्रबार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो । करिब ३० जना बढी युवायुवती र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
उनका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । युवाको समूह नाचगानसहित बजारमा निस्किएपछि दिनभर सर्वसाधारणले रुचिपूर्वक नाच अवलोकन गरेका थिए । बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।
नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ । भिक्षामा सङ्कलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो । यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - २०:४६
पेरिस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपे...
पौष २६ गते, २०८१ - २०:४०
बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंक...
पौष २६ गते, २०८१ - २०:२९
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयो...
पौष २६ गते, २०८१ - २०:२४
पर्वत । जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार...
पौष २६ गते, २०८१ - २०:१८
अमेरिका । अमेरिकाकाे क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपर...
पौष २६ गते, २०८१ - १९:५९
काठमाडाैं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । मन्त्रिपरिषद्का ६ निर्णय शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्...
पौष २६ गते, २०८१ - १९:३०
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको ह...
पौष २६ गते, २०८१ - १९:१४
पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...
पौष २६ गते, २०८१ - १९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...
पौष २६ गते, २०८१ - १८:५३
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...
प्रतिकृया लेख्नुहोस्: