मकवानपुर । हेटौँडा अस्पतालले अबदेखि नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले १६ भदौबाट अतिरिक्त बाहेक विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएको हो ।
स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न र गुणस्तरीय स्वास्थ्य सेवा छिटो र छरितो ढंगबाट प्रदान गर्न नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
यसका लागी अस्पतालले शनिबारबाहेक प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निमित्त मेसु सापकोटाका अनुसार अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले चौबिसै घण्टा टिकट काट्न सक्नेछन् भने बिस्तारित बहिरंग सेवाका लागि बिरामीले चाहेको डाक्टरसँग जाँच गराउँन पाउँने छन् ।
निमित्त मेसु सापकोटाका अनुसार अस्पतालले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरुको सूची पहिल्यै सार्वजनिक गर्नेछ । अस्पतालबाट अतिरिक्त सेवा अन्तर्गत जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउने छ ।
अस्पताल प्रशासनका अनुसार विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको छ भने ल्याब परीक्षण, ओैषधि शुल्क भने साविककै दरमा प्रदान गरिनेछ । तर अतिरिक्त समयमा सेवाग्राहीले स्वास्थ्य बिमा भने लिन भने पाउने छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - २०:४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रमम...
मंसिर ८ गते, २०८१ - २०:३८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएकाे छ । आज साँ...
मंसिर ८ गते, २०८१ - २०:११
जनकपुर । मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा ...
मंसिर ८ गते, २०८१ - २०:०५
कास्की । बालिकालाई बन्धक बनाइ यौन धन्दामा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिष...
मंसिर ८ गते, २०८१ - १९:४३
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गर...
मंसिर ८ गते, २०८१ - १९:३६
काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निका...
मंसिर ८ गते, २०८१ - १९:२१
काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा ...
मंसिर ८ गते, २०८१ - १९:१३
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र ज...
मंसिर ८ गते, २०८१ - १८:५५
काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आज (शनिबार) मात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको ...
मंसिर ८ गते, २०८१ - १८:५०
गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५...
प्रतिकृया लेख्नुहोस्: