Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

कांग्रेस एमालेको गठबन्धन राजनीतिक दुनियाँमा अचम्मको परिदृश्य हाे: लिङदेन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको विरोध गर्ने युवाहरूलाई खोजी खोजी पक्राउ गरी थुन्ने काम भइरहेको भन्दै विरोध गरेका छन् । शनिवार काठमाडौंको साँखुमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन शंखरापुर नगर अधिवेशनमा सम्बोधन गर्दै लिङदेनले सरकार अप्रजातान्त्रिक बनेको उल्लेख गरे ।

उनले भने–‘प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा विरोध गर्न नपाउने, लेख्न नपाउने भनेपछि कस्तो व्यवस्थाको अभ्यास गरिरहेका छन् त ? आज हामीले यिनीहरूलाई सोध्नुपर्छ, कांग्रेस र एमाले सरकारमा छन्, आफ्नो विरोध गर्नेलाई उनीहरूले धमाधम पक्राउ गर्न थालेका छन् । उनीहरू अहिले जुन हैसियतमा छन्, उनीहरू दौडिएर वा हिँड्दै हिँड्दै आएका हुन ? उनीहरू हिजो यसरी नै विरोधको बाटोबाट आएका हैनन् ? यसै प्रकारको नारा जुलुस, यसै प्रकारको विद्रोह गरेर आएका होइनन् ? आजका यी युवाहरूले भन्दा हजारौँ गुणा विध्वंसको काम गरेर आएका होइनन् ?’

देशमा युवाहरू बस्न लायक नभएको बताउँदै उनले १२ कक्षा पास गरिसकेपछि विदेश जानुपर्ने अवस्था आएको बताए । खर्च जुटाउने अमेरिका, क्यानडा, अस्ट्रेलिया र खर्च जुटाउन नसक्नेहरू मलेसिया र साउदी अरब जानुपर्ने अवस्थामा रहेको बताए । देशमा उचित शिक्षा र रोजगारीको अवसर नरहेको बताउँदै अध्यक्ष लिङदेनले आज हरेकको रोजाई विदेश हुने यो अवस्था कसले सिर्जना गर्‍यो भन्दै प्रश्न गरे । 

उनले देशमा संकट नदेखिए पनि सङ्कट आउनुपूर्वको अवस्थामा रहेको टिप्पणी गरे । उनले भने–‘देशमा अहिले बन्द हडताल जुलुस नहुँदा केही भएको छैन जस्तो देखिन्छ तर देशको अवस्था ठिक छैन । देश अहिले आँधी आउनु अगाडिको शान्ति जस्तो छ । आँधी आउनु अघि कहिले कस्तो चकमन्न हुन्छ त्यस्तो अवस्थामा छ । अब आउने आँधी देशको बरबादीको लागि हुनुहुँदैन । देशको हितको लागि हुनुपर्छ । अहिलेसम्म जरा गाडेर बसेको विकृति विसङ्गति र भ्रष्टाचारलाई बढार्ने खालको आँधी हुनुपर्छ र आँधीलाई हामीले त्यस दिशामा परिणत गर्नुपर्छ ।’ 

कांग्रेस एमालेको गठबन्धन राजनीतिक दुनियाँमा अचम्मको परिदृश्य देखिएको बताउँदै पहिलो र दोस्रो राजनीतिक दल मिलेर सरकार बनाउनु दुर्लभ परिस्थितिमा मात्र हुने उल्लेख गरे । सङ्क्रमणकालीन व्यवस्था आयो, एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जानुपर्ने अवस्था आयो, देशलाई एउटा अवस्थाबाट अर्को अवस्थामा लानुपर्ने अवस्था आयो भने यस प्रकारको गठबन्धन र सहमति बन्ने भएपनि आज यो उनीहरुको सहमति के का लागि ? भन्दै प्रश्न गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending