बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।
उक्त आव मा सो कार्यालयले ऐन, नियमबमोजिम सङ्कलित तीन ५०, अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित दुई हजार ७४, अनुरोधात्मक नमूना एक सय ५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि एक सय ६२ गरी दुई हजार सात ३८ नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए ।
नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनाहरूलाई नियामनुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र सिन्धुली तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य निरीक्षकहरूबाट आव २०८०–८१ मा नमूना विश्लेषण प्रयोजनका लागि सङ्कलित तीन सय नौवटा नमूना प्रयोगशाला विश्लेषणका क्रममा नौवटा नमूना प्रतिकूल पाइएकाले प्रतिकूल पाइएका ती नमूनाउपर थप अनुसन्धान अघि बढाइएको प्रमुख घिमिरेले बताए ।
सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेका लगायत अखाद्य भएका रु ११ लाख २० हजार सात सय ४६ मूल्य बराबरको वस्तु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ । यस्तै सो कार्यालयले उक्त आवमा उद्योग स्थापनाका लागि ८६ खाद्य उद्योगलाई सिफारिस तथा ६० खाद्य तथा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरी कुल तीन सय ११ उद्योगलाई सेवा उपलब्ध गराएको जनाएको छ ।
होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा मुग्लिन, सौरहालगायतका स्थानमा सञ्चालित ४२ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । सो कार्यालयले उक्त आवमा विभिन्न शीर्षकमा रु २२ लाख ३२ हजार नौ सय ६० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...




प्रतिकृया लेख्नुहोस्: