मस्को । रूसले युक्रेनको राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ । शहर नजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र शहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ ।
रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुस्र्क, ब्रायन्स्क, भोरोनिश र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ । क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले भने, “हाम्रा रक्षकहरूले ब्रायन्स्क क्षेत्रको इलाकामा मानवरहित विमानले गरेको ठूलो आक्रमणको प्रयासलाई प्रतिकार गरिरहेका छन् ।”
युक्रेनको ऊर्जा पूर्वाधारलाई २०० भन्दा बढी रूसी ड्रोन र क्षेप्यास्त्रले निशाना बनाएको केही दिनपछि यो आक्रमण भएको हो । युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण सुरु गरेको पनि करिब एक महिना भइसकेको छ भने पूर्वी युक्रेनमा रूसी सेनाले निरन्तर आक्रमण जारी राखेको छ ।
रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आफ्नो अभियान सुरु गरेदेखि नै दुवै पक्षले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएका छन् । मस्को क्षेत्रका एक स्थानीय अधिकारीका अनुसार तीनवटा ड्रोनले कोइलाबाट चल्ने विद्युत् केन्द्र काशीरामा प्रहार गर्ने प्रयास गरेका थिए ।
“आक्रमणबाट कुनै मानवीय वा भौतिक संरचनामा क्षति भएको छैन”, उनले भने,“विद्युत् अझै पनि ग्राहकसम्म सही तरिकाले पुगिरहेको छ ।” रुसी समाचार संस्थाहरूले पनि कपोट्न्यास्थित मस्कोको तेल प्रशोधन केन्द्रमा आगलागी भएको जानकारी दिएका छन् तर नगर प्रमुख सर्गेई सोब्यानिनले त्यहाँ कुनै क्षति वा हताहत नभएको बताएका छन् ।
बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाव ग्ल्याडकोभले भने, “आक्रमणबाट बेल्गोरोडमा तीनवटा आवासीय भवनको सिसामा क्षति पुगेको छ । एउटा निजी आवासमा एउटा युटिलिटी भवन पूरै ध्वस्त भएको छ ।” बुधबार युक्रेनी ड्रोनले दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्र र उत्तरी किरोभ क्षेत्रमा रहेका दुईवटा इन्धन डिपोमा आक्रमण गरेपछि इन्त्रन डिपोमा आगलागी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: