काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौंले नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा आयोजना गरेको प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको ११औं संस्करण-२०८१ मा गत वर्षको विजेता विद्यालय मध्य-बानेश्वरस्थित भ्याली भ्यु स्कुलले नै प्रथम स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी जम्मा ७९ विद्यालयसँग प्रतिस्पर्धा गर्दै भ्याली भ्यु स्कुल प्रथम भएको हो । विद्यालयले २० हजार, मेडल र शिल्ड जितेको छ । यसै अवसरमा आयोजक प्याब्सन, काठमाडौंले भ्याली भ्यु स्कुलका नृत्य निर्देशक दिपेश माझीलाई पनि प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ ।
काठमाडौं ७९ ओटा निजी विद्यालयले प्रतिस्पर्धा गरेको यति ठूलो नृत्य प्रतियोगितामा लगातार दोस्रो पटक प्रथम हुन सफल भएकोमा कला क्षेत्रमा प्राप्त भएको यस सफलताप्रति भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीले देशको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्याब्सनले गरेको यस किसिमको सांस्कृतिक आयोजना अनुकरणीय एवं प्रशंसनीय भएकोले आफू अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका छन् । साथै, प्राचार्य भण्डारीले साँच्चिकै विद्यार्थीवर्गलाई उनीहरूको रुचि र खुबी पहिचान गरी अवसर प्रदान गरिएमा हरेक विधामा उत्कृष्ट नतिजा ल्याउन सकिने अनुभव सुनाए ।
भ्याली भ्यु स्कुलको अतिरिक्त क्रियाकलाप विभागका संयोजक सन्तोष चापागाईंले भ्याली भ्यु स्कुलका विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा प्रखर बनाउने उद्देश्यका साथ सबैले मिलेर टिमवर्क गरिरहेको बताए ।
प्याब्सन, जिल्ला कार्यसमिति काठमाडौंले तीजको अवसर पारेर हरेक वर्ष अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । विगतका संस्करणझैं यस वर्ष पनि उक्त प्रतियोगितामा निजी विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: