काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेसबीच सत्ता साझेदारीलाई ठीक ठाउँमा पुर्याउन चुनौतीपूर्ण रहेको बताएका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै दुई पार्टीका बिचमा हरेक ठाउँमा प्रतिस्पर्धा भएर संयन्त्र बनाएर नै काम गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पनि छ भोलि ८४ को चुनावमा पनि प्रतिस्पर्धा गर्नु छ । यसले अहिले हामीले व्यतित्वलाई पनि जोगाएर राख्नु पर्छ । हामीले गरेका स(साना कुराले ठूलो प्रभाव पर्ने भएकाले जोखिम रहेको छ ।’
एमालेसँग मिलेर सरकार बनाउने निर्णयलाई ठीक ढङ्गले अगाडि बढाउने जिम्मा पार्टी सभापतिको भए पनि सबैले साथ दिनु पर्ने बताए ।
उनले थपे, एमाले र कांग्रेस मिल्दा ओभरअल सिस्टममै जोखिम छ। हिजो एमाले सत्तामा हुँदा कांग्रेस प्रतिपक्षमा थियो । हामीले प्रश्न गर्दा भेन्टिलेटर हुन पाएको थियो । हामी सत्तामा हुँदा एमाले प्रतिपक्षमा थियो त्यो बेला पनि भेन्टिलेटर हुन पाएको थियो। अहिले त हामी दुवै सरकारमा छौं । यो बेला हामीले काम गरेर परिणाम दिनपर्ने छ । हामी काम गरेर परिणाम दिन लागि पर्ने छ ।’
उनले विद्यालय क्याम्पसमा समेत एमालेसँगै प्रतिस्पर्धा भएको थापाले बताए ।
उनले भने, ‘एमाले–माओवादीको गठबन्धन सरकार फेरेर अहिलेको गठबन्धन बनाउन निकै मेहनत लागेको छ, अहिलेको गठबन्धन अन्य विकल्प सफल नभएर बनेको हो, यसको विषयमा सबै जानकार छौं, यो पार्टीको लागि पनि चुनौती छ, जोखिम पनि छ तर अनय विकल्प अरु छैन भनेर सहकार्यमा सहमति गरेका हौं। अफ्ठेरो समयमा एमालेकांग्रेस बीच सहकार्य भएको छ । यो भन्दा अघिका गठबन्धनमा यति धेरै तयारी गरेर गरिएको पनि थिएन, अहिले धेरै चरणमा पार्टीभित्र छलफल गरेर गरिएको हो ।’
उनले ७ बुँदे सहमतिअनुसार अघि बढ्ने र कार्यान्वयन गर्ने दृण संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।
उनले काठमाडौंमा देखिएको विरोध सामान्य होइन भनेर बसे त्यसले ठूलो संकट ल्याउनसक्ने भन्दै यसलाई पार्टी नेतृत्व र सरकार रहेका सबैले सबैले समयमै गम्भीर ढंगले बुझेर अघि बढ्नुपर्ने बताए ।
थापाले भने– ‘विधान सम्मेलन गर्ने, पार्टी संगठन संरचना पनि विधान समितिमा छलफल गरेर अघि बढाइने हो, विधानमस्यौदा समितिमा छलफल गरेर जाने हो, आफै नेतृत्वमा बनेको संविधानको रक्षाका लागि निरन्तर काम गर्नुपर्ने छ, गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिवद्धताअनुसार काम गर्नुपर्ने हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०९:०१
मन्त्रीमा विज्ञ कि सांसद?
फाल्गुन २९ गते, २०८२ - ०८:५४
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । ...
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...


प्रतिकृया लेख्नुहोस्: