Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

०८४ मा प्रतिस्पर्धा गर्नुपर्ने एमाले सरकारलाई सफल बनाउन लागेका छौं, सोचेर अघि बढौं : गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेसबीच सत्ता साझेदारीलाई ठीक ठाउँमा पुर्याउन चुनौतीपूर्ण रहेको बताएका छन्। 

केन्द्रीय समिति बैठकमा बोल्दै दुई पार्टीका बिचमा हरेक ठाउँमा प्रतिस्पर्धा भएर संयन्त्र बनाएर नै काम गर्नुपर्ने बताए। 

उनले भने, ‘अहिले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पनि छ भोलि ८४ को चुनावमा पनि प्रतिस्पर्धा गर्नु छ । यसले अहिले हामीले व्यतित्वलाई पनि जोगाएर राख्नु पर्छ । हामीले गरेका स(साना कुराले ठूलो प्रभाव पर्ने भएकाले जोखिम रहेको छ ।’

एमालेसँग मिलेर सरकार बनाउने निर्णयलाई ठीक ढङ्गले अगाडि बढाउने जिम्मा पार्टी सभापतिको भए पनि सबैले साथ दिनु पर्ने बताए । 

उनले थपे, एमाले र कांग्रेस मिल्दा ओभरअल सिस्टममै जोखिम छ। हिजो एमाले सत्तामा हुँदा कांग्रेस प्रतिपक्षमा थियो । हामीले प्रश्न गर्दा भेन्टिलेटर हुन पाएको थियो । हामी सत्तामा हुँदा एमाले प्रतिपक्षमा थियो त्यो बेला पनि भेन्टिलेटर हुन पाएको थियो। अहिले त हामी दुवै सरकारमा छौं । यो बेला हामीले काम गरेर परिणाम दिनपर्ने छ । हामी काम गरेर परिणाम दिन लागि पर्ने छ ।’

उनले विद्यालय क्याम्पसमा समेत एमालेसँगै प्रतिस्पर्धा भएको थापाले बताए ।

उनले भने, ‘एमाले–माओवादीको गठबन्धन सरकार फेरेर अहिलेको गठबन्धन बनाउन निकै मेहनत लागेको छ, अहिलेको गठबन्धन अन्य विकल्प सफल नभएर बनेको हो, यसको विषयमा सबै जानकार छौं, यो पार्टीको लागि पनि चुनौती छ, जोखिम पनि छ तर अनय विकल्प अरु छैन भनेर सहकार्यमा सहमति गरेका हौं। अफ्ठेरो समयमा एमालेकांग्रेस बीच सहकार्य भएको छ । यो भन्दा अघिका गठबन्धनमा यति धेरै तयारी गरेर गरिएको पनि थिएन, अहिले धेरै चरणमा पार्टीभित्र छलफल गरेर गरिएको हो ।’

उनले ७ बुँदे सहमतिअनुसार अघि बढ्ने र कार्यान्वयन गर्ने दृण संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।

उनले काठमाडौंमा देखिएको विरोध सामान्य होइन भनेर बसे त्यसले ठूलो संकट ल्याउनसक्ने भन्दै यसलाई पार्टी नेतृत्व र सरकार रहेका सबैले सबैले समयमै गम्भीर ढंगले बुझेर अघि बढ्नुपर्ने बताए ।

थापाले भने– ‘विधान सम्मेलन गर्ने, पार्टी संगठन संरचना पनि विधान समितिमा छलफल गरेर अघि बढाइने हो, विधानमस्यौदा समितिमा छलफल गरेर जाने हो, आफै नेतृत्वमा बनेको संविधानको रक्षाका लागि निरन्तर काम गर्नुपर्ने छ, गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिवद्धताअनुसार काम गर्नुपर्ने हो ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending