Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जनतालाई सुशासनको प्रत्याभूति दिने निर्णय कार्यान्वयन गरिनेः मुख्यमन्त्री आचार्य

खबरडबली संवाददाता

बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी गरिएका निर्णय पूर्णरुपमा कार्यान्वयन गरिने बताएको छन् ।

नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा  बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा मङ्गलबार सहजीकरण गर्दै एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश संरचनाको सन्दर्भमा जनतामा भएको निराशा, कुण्ठा र आक्रोशलाई राम्रो काम गरेर मात्र ठिक ठाउँमा ल्याउन सकिने बताए ।

मुख्यमन्त्री आचार्यले भने, ‘‘भ्रष्टाचार अन्य सुशासन स्थापना लागि गरिएका सम्पूर्ण निर्णयबाट फिर्ता हुने छैनौ ।’’ उनले पाँच लाख रुपियाँभन्दा माथिका योजना अनिवार्य टेण्डरमा लैजाने निर्णय फिर्ताका लागि दबाब आएको भए पनि कार्यान्वयनमा लगिएको बताए।

जनताको गुनासो र सुझावलाई आवश्यकता महसुस गरी हरेक कार्यालयमा अनिवार्य सुझाव पेटिका राखी १५/१५ दिनमा त्यसलाई खोलेर मन्त्रालयमा पठाउने व्यवस्था गर्न लागिएको उनले बताए।

उनले अबदेखि मझौला खालका योजना प्रदेशले कार्यान्वयन गर्नेगरी नीतिगत निर्णय गर्न लागिएको जानकारी दिए । प्रदेश सरकार स्थापनापछि थालनी भएका धेरै योजना अलपत्र परेको भन्दै उनले ती योजना सम्पन्न गराउन सरकारले ध्यान दिने बताए। भौतिक मात्र विकास नहुने भन्दै उनले विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारमार्फत तयारी गरिएको बताए।

डिपिआर भएका योजना मात्रै सम्बद्ध कार्यालय मार्फत समावेश गरी आवश्यकताको आधारमा बजेट निर्माण गरिने उहाँले जानकारी दिए।

मुख्यमन्त्री आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायित्व  विषयमा सहजीकरण गरे । यसै  घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला तथा केन्द्रीय सदस्य सूर्य ढकालले सहजीकरण गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending