बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी गरिएका निर्णय पूर्णरुपमा कार्यान्वयन गरिने बताएको छन् ।
नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा मङ्गलबार सहजीकरण गर्दै एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश संरचनाको सन्दर्भमा जनतामा भएको निराशा, कुण्ठा र आक्रोशलाई राम्रो काम गरेर मात्र ठिक ठाउँमा ल्याउन सकिने बताए ।
मुख्यमन्त्री आचार्यले भने, ‘‘भ्रष्टाचार अन्य सुशासन स्थापना लागि गरिएका सम्पूर्ण निर्णयबाट फिर्ता हुने छैनौ ।’’ उनले पाँच लाख रुपियाँभन्दा माथिका योजना अनिवार्य टेण्डरमा लैजाने निर्णय फिर्ताका लागि दबाब आएको भए पनि कार्यान्वयनमा लगिएको बताए।
जनताको गुनासो र सुझावलाई आवश्यकता महसुस गरी हरेक कार्यालयमा अनिवार्य सुझाव पेटिका राखी १५/१५ दिनमा त्यसलाई खोलेर मन्त्रालयमा पठाउने व्यवस्था गर्न लागिएको उनले बताए।
उनले अबदेखि मझौला खालका योजना प्रदेशले कार्यान्वयन गर्नेगरी नीतिगत निर्णय गर्न लागिएको जानकारी दिए । प्रदेश सरकार स्थापनापछि थालनी भएका धेरै योजना अलपत्र परेको भन्दै उनले ती योजना सम्पन्न गराउन सरकारले ध्यान दिने बताए। भौतिक मात्र विकास नहुने भन्दै उनले विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारमार्फत तयारी गरिएको बताए।
डिपिआर भएका योजना मात्रै सम्बद्ध कार्यालय मार्फत समावेश गरी आवश्यकताको आधारमा बजेट निर्माण गरिने उहाँले जानकारी दिए।
मुख्यमन्त्री आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायित्व विषयमा सहजीकरण गरे । यसै घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला तथा केन्द्रीय सदस्य सूर्य ढकालले सहजीकरण गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: