Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान कब्जा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार उक्त विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरिएको हो ।

फाल्कन ९०० EX विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको हो । यसलाई फ्लोरिडामा लगिएको छ ।  यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन । ट्र्याकिंग डाटाले विमान राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट उडानपछि सोमबार फ्लोरिडा पुगेको थियो।

भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई डकैती भनेको छ। एक विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षतिको क्षतिपूर्तिको लागि कानूनी कारबाही गर्ने अधिकार रहेको बताएको छ। अमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन्।

उनीहरुले भनेका छन्,’मदुरोसँग सम्बन्धित व्यक्तिहरूले सन् २००२–२०२३ को बीचमा अवैध विमान खरिदका लागि क्यारेबियन शेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ। विमान किनेको कम्पनी फ्लोरिडाको हो ।’

यो विमान अप्रिल २०२३ मा भेनेजुएला ल्याइएको थियो।  यता मदुरोले जुलाईमा फेरि आम चुनाव जित्दा पश्चिमी देशहरूसँग तनाव बढेको छ। अमेरिकाले यो चुनाव धाँधली भएको बताएको छ । अमेरिकी संघीय एजेन्सीहरूले मदुरोमाथि भ्रष्टाचारको आरोप लगाएको यो पहिलो पटक होइन।

सन् २०२० मा अमेरिकी न्याय विभागले मादुरो र १४ अन्य अधिकारीहरूलाई लागूपदार्थ(आतंकवाद, भ्रष्टाचार र लागूपदार्थको तस्करीको आरोप लगाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले मादुरोलाई पक्राउ गरी सजाय दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको नयाँ प्रतिबद्धताः स्वाधीनता जोगाउने अठोटदेखि निर्वाचन सुधारसम्म

काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो ...

धनुषामा २० वर्षीय युवकको घाँटी रेटेर हत्या

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र ...

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले...

पत्रकार अर्जुन आचार्यमाथि आक्रमणप्रति प्रेस सेन्टर नेपालको आपत्ति, कारबाहीको माग

काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रम...

सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्षीय वृद्ध पक्राउ

एजेन्सि । जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ  ओस...

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

काठमाडाै  । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा...

एजेन्डाकै बलमा चुनावी मैदानमा हाेेमिएका हाैैंं, तालमेलको चर्चा निराधार हाेः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पा...

जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–...

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

दाङ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।   घोराही...

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE