Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

निर्धारित समयमै फास्ट ट्र्याक सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रुतमार्ग जुनसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

“द्रुतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भने । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ । रु दुई खर्ब ११ अर्ब  ९३ करोड लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । द्रुतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरे । 

देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै उनले शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवप्रसाद अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए । उनले त्यस्ता आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्ने विषयलाई आयोगले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे । अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले प्रविधिको उच्चतम् प्रयोग गर्न सुझाव दिए । 

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले बजेट विनियोजनको परम्परागत ढर्रालाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै खर्च गर्ने क्षमता हेरेर बजेटको उपयुक्त विनियोजन गर्न योजना आयोगसमक्ष आग्रह गरे । कामु प्रधान सेनापति अशोकराज सिग्देलले न्यून बजेट विनियोजनका कारण राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा आशङ्का पैदा भएको उल्लेख गर्दै त्यस्ता आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव मनमाया भट्टराई (पङ्गेनी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव इन्द्रकुमारी थपलिया, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत खिलानाथ दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी केसी र अर्थ मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले गत आवमा रक्षा मन्त्रालयले हासिल गरेका भौतिक तथा वित्तीय प्रगति प्रशंसनीय रहेको बताए । 

गत आवमा रक्षा मन्त्रालय र अन्तर्गतको निकायमा रु ५३ अर्ब ७९ करोड ८६ लाख ७३ हजार चालु र रु पाँच अर्ब ५६ करोड ७५ लाख पुँजीगत गरी कुल रु ५९ अर्ब ४६ करोड ९८ लाख ७३ हजार बजेट विनियोजित भएको थियो । त्यसमध्ये गत असार मसान्तसम्म रु ५३ अर्ब ७१ करोड सात लाख चालु र रु पाँच अर्ब ५२ करोड ५२ लाख पुँजीगत खर्च भएको मन्त्रालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending