दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एकै ठाउँमा एकै पटक तीन गौरवका योजना सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मा रहेको औद्योगिक ग्रामस्थल क्षेत्रमा तीनवटा योजना सुरु भएका छन् ।
अत्याधुनिक वधशाला निर्माण, चिस्यान केन्द्र र औद्योगिक ग्राम सञ्चालनका योजनाको काम सुरु भएको छ । वधशाला निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकासहित चारवटा पालिकाको सहकार्य समन्वयमा काम सुरु हुन थालेको हो । तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाले संयुक्तरुपमा वधशाला निर्माणका लागि निर्णय गरेका छन् । तीन वटा गाउँपालिकालाई वधशालाका लागि आवश्यक पर्ने खसी, बाख्रा स्रोत केन्द्रका रूपमा विकास गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले जानकारी दिए ।
करिब ६५ करोडको लागतमा सम्पन्न हुने वधशालामा प्रारम्भिक चरणमा खसी वधशाला निर्माण गर्न थालिएको छ । २१ करोडको लागतमा खसी वधशाला निर्माण गरिने भएको हो । सोही क्षेत्रमा चिस्यान केन्द्र निर्माण गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाबाट माग भएपछि सङ्घीय सरकारले चिस्यान केन्द्र निर्माणका लागि बजेट व्यवस्थापन गरेको नगर प्रमुख टीकाराम खड्काले बताए ।
यस क्षेत्रमा चिस्यान केन्द्र नहुँदा उत्पादन भएको तरकारी कुहिने गरेको तरकारी खेती गर्दै आएका किसान खिमबहादुर घर्तीले बताए । सोही क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि बजेट विनियोजन भई काम सुरु भएको छ । नगर प्रमुख टीकाराम खड्काले औद्योगिक ग्रामको चारैतिर तारबारको काम सुरु गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २७ गते, २०८१ - २०:४८
काठमाडौं । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ । दुई देशका संसदीय स...
भाद्र २७ गते, २०८१ - २०:३९
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट नेपालमा चलेको दश वर्...
भाद्र २७ गते, २०८१ - २०:२३
काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरे...
भाद्र २७ गते, २०८१ - २०:१९
काठमाडौं । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ । कृष्ण भारद्वाजको...
भाद्र २७ गते, २०८१ - २०:००
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा...
भाद्र २७ गते, २०८१ - १९:५२
पेरिस । चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊ...
भाद्र २७ गते, २०८१ - १९:३०
जेनेभा । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको ...
भाद्र २७ गते, २०८१ - १९:२१
कपिलवस्तु । कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसबाट एक किशोरको मृत्यु भएको छ । इन्सेफ्लाइटिसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका रामसहाय चौधरीका ...
भाद्र २७ गते, २०८१ - १९:१६
सल्यान । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न् । शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश का...
भाद्र २७ गते, २०८१ - १९:१३
तनहुँ । तनहुँमा रुखले च्यापिएर बिहीबार एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा च्यापिएर ५८...
प्रतिकृया लेख्नुहोस्: