कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आज आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताए ।
“बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार उठाउने काम चइरहेको छ,” गृहमन्त्री लेखकले भने, “द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको छ ।”
उनले भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भए पनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको बताए ।
“जुन ठाउँमा भन्सारको कार्यालय छ, जग्गा छ ती छोटी भन्सारलाई सञ्चालन गरौँ भनेको छु”, उनले भने, “यहाँमात्रै नभई द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय सञ्चालनका लागि लागिरहेका छौँ ।”
मन्त्री लेखकले देशमा स्थायी सरकार निर्माणगरी सुशासन कायम राख्न दुई ठुला दल मिलेको बताउँदै एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरे ।
“तीन/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो समीकरण बनेको हो,” लेखकले भने, “मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठुला दल मिलेका हौँ ।”
उनले देशमा हरेक परिवर्तनमा दुई ठुला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: