Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

सहकारी प्रकरणमा बयानपछि रवि लामिछानेले भेटे ओली र देउवा

खबरडबली संवाददाता

काठमाडौं । सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको खुलेको छ ।

केही दिनअघि लामिछानेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापतिन देउवासँग छुट्टाछुट्टै भेटेर सहकारी ठगी प्रकरणमा कुराकानी गरेका हुन्।  

सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानले भदौ ७ गते संसदीय विशेष समितिमा पुगेर नौ घण्टा बयान दिएका थिए। त्यसको तीन दिनपछि कास्की प्रहरीले काठमाडौंमै आएर लामिछानेसँग बयान लिएको थियो। समिति र प्रहरी दुवैमा बयान दिएपछि पूर्ववर्ती सरकारमा गृहमन्त्रीसमेत रहेका लामिछानेले ओली र देउवालाई भेटेर आफ्ना कुरा राखेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री ओली र लामिछानेबीच भेटघाट भएको पुष्टि गरेका छन्। ‘भेटघाट भएको हो, कुराकानी के भयो त्यो विषय मलाई जानकारी भएन,’ बजागाईंले भने।

कास्की प्रहरीले बयान लिनुअघि लामिछानेले चितवन पुगेर सरकारप्रति ठुलै आक्रोश पोखेका थिए। प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको कार्यालयमा खानतलासी गरी लामिछानेलाई बयानका लागि फोन गरेपछि उनले आफूलाई थुनेर देखाउन चुनौती दिएका थिए। 

‘सक्छौं तिमीहरूले मलाई थुन, हतकडी लगाऊ, सकेनौं भने म तिमीहरूलाई छाड्नेछैन, अल भर्सेस वान, सबै भर्सेस रास्वपा’, संसदीय विशेष छानबिन समितिमा ९ घण्टा बयान दिएर चितवन पुगेका लामिछानेले भनेका थिए।

चितवनबाट फर्केर काठमाडौं आएपछि कास्की प्रहरीले भदौ १० गते लामिछानेसँग बयान लिएको थियो । उनले प्रहरीलाई मौखिक बयान दिएका छन्। प्रहरी र रास्वपाले बयानलाई गोप्य राखे पनि केही दिनपछि यो सञ्चारमाध्यममा आयो।

प्रहरीलाई बयान दिएको कुरा सार्वजनिक नहुँदै उनले ओली र देउवासँग भेटघाट गरेका हुन् । ‘भेटघाटलाई अन्यत्र मोड्न भएन, विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई भेट्नु स्वाभाविक हो, जोसुकै व्यक्तिले भेटघाट गर्न सक्छन्, कुराकानी गर्न सक्छन्। रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्नेबित्तिकै संसदीय विशेष समितिमा दिएको बयान र सहकारी ठगीका विषयमा कुराकानी भयो भन्नु उपयुक्त होइन। भेटघाटलाई त्यतातिर जोड्न मिल्दैन’, प्रधानमन्त्रीका प्रेस संयोजक बजागाईंले भने।

एमालेसँगको सहकार्यमा गृहमन्त्री भएका लामिछानेले पछि कांग्रेस र एमालेबीच सहकार्य भएपछि त्यसलाई ‘अपवित्र’ साँठगाँठको संज्ञा दिएका थिए । संसदीय विशेष छानबिन समितिमा बयान दिएर बाहिर निस्केपछि पनि लामिछानेले कांग्रेस र एमाले दुवै दलका नेताहरूको आलोचना गरेका थिए।

लामिछानेले बाहिर आलोचना गर्ने र भित्रमित्रै आफूलाई जोगाइदिन ओली देउवासँग हारगुहार गरेको स्रोतको दाबी छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवानिकट एक नेताका अनुसार लामिछानेले आफूले कुनै पनि गल्ती नगरेको भेटमा बताएका थिए।

कास्की प्रहरीलाई बयान दिएपछि आत्तिएका लामिछानेले अनुसन्धान प्रभावित पार्न ओली र देउवालाई भेटेको आशंका गरिएको छ।

‘उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुवैसँग भेटघाट गरेको सूचना पाएका छौं । यो भेटघाटले हाम्रो अनुसन्धान प्रभावित हुँदैन’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य लामिछाने, रास्वपा सहमहामन्त्री विपीन आचार्य र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिएको थियो। 

लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले उनीसँग बयान लिएको हो। त्यसपछि अत्तालिएका उनले ओली र देउवालाई भेटेको स्रोतको दाबी छ। पोखरास्थित सूर्यदर्शन सहकारीमा बचत रकम तत्कालीन अवस्थामा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा पनि ऋण प्रवाह भएको पाइएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए।

प्रहरीले उनी सरकारमा हुँदासम्म अनुसन्धान अघि बढाउन सकेन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कागजात झिकाएर अनुसन्धान गरिरहेका बेला गृहमन्त्री भएका लामिछानेले सिआइबी प्रमुख किरण बज्राचार्य र सहकारी ठगी अनुसन्धानमा खटिएको टिमलाई नै सरुवा गरिदिएका थिए।

सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताले राखेको रकम हिनामिना गरिएको उजुरी कास्की प्रहरीमा परेको छ। पीडितले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहितको नामै तोकेर प्रहरीमा जाहेरी दिएका थिए। 

गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्क प्रालिमा पाँच करोड ५८ लाख ९ हजार रूपैयाँ प्रवाह भएको तथ्य प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेलापारेको छ।

सिआइबीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको हकमा चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी एक करोड रूपैयाँको वार्षिक ब्याजदर १४.७५ का दरले ऋण लिएको उल्लेख छ। सोही प्रतिवेदनमा लामिछानेले ऋण, ब्याज तथा सेवा शुल्कसमेत गरी १ करोड ३० लाख ८८ हजार ७ सय ३६ रूपैयाँ १६ पैसा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा स्वामित्व हस्तान्तरण गरेको देखिएको उल्लेख छ।

यो विषयमा सिआइबीले थप अनुसन्धान गरिरहेका बेला लामिछाने गृहमन्त्री भएका थिए। ‘प्रहरीले यो विषयमा अनुसन्धान गर्दैछ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

त्यस्तै बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७८ असार २२ मा कुमार रम्तेलको नाममा एक करोड ९० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा एक करोड तीन लाख ३६ हजार जम्मा गरी बाँकी लामिछानेको खातामा ऋण फस्र्योट देखाएर कुमार रम्तेलकै नाममा ऋण कायम गरेको छानबिनबाट पाइएको छ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending