इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ।
‘उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रम’ अन्तर्गत सुरु गरिएको यस पहलबाट नयाँबजारकी पार्वती भट्टराईले कोदोको बिस्कुट उत्पादन थालेकी छन्। ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ स्थापना गरेर उनले ओभन मेसिनमार्फत बिस्कुट उत्पादन गरिरहेकी छन्।
कोदो पिसेर त्यसमा मह वा चिनी तथा केही मैदा मिसाई गोलो आकारमा बनाएर ओभनमा पकाइन्छ र ड्रायरमा सुकाएपछि बिस्कुट तयार हुन्छ। हाल स्थानीय बजारसँगै इलाम घुम्न आउने पर्यटक र पाहुनाले यसलाई कोसेलीका रूपमा लैजाने गरेका छन्।
उद्यमी भट्टराईका अनुसार कोदोबाट बनेका परिकार स्वास्थ्यका लागि लाभदायक हुने भएकाले उपभोक्ताको रुचि बढ्दो छ। उनले बिस्कुटसँगै पाउरोटीलगायत अन्य बेकरी परिकार पनि उत्पादन गरिरहेकी छन् र मागअनुसार उत्पादन विस्तार गर्ने योजना बनाएकी छन्।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले यस कार्यक्रमले कोदोको ‘ब्रान्डिङ’ गर्न मद्दत पुग्ने बताए। उनका अनुसार पछिल्लो समय कोदो खेती घट्दै गएको अवस्थामा यस्ता उद्योगले किसानलाई उत्पादन बढाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
उपाध्यक्ष प्रवीना राईले युवा उद्यमशीलता प्रवर्द्धनका लागि गाउँपालिकाले औजार खरिदलगायतमा सहयोग गरेको जानकारी दिँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन्।
स्थानीयस्तरमै उत्पादन र बजारीकरण हुन थालेपछि कोदो जस्तो रैथाने बालीको संरक्षणसँगै रोजगारी सिर्जना र आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: