Ntc summer Offer
Khabar Dabali ३१ भाद्र २०८१ सोमबार | 16th September, 2024 Mon
NIMB

‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी नेता पुटिनको भनाइ

खबरडबली संवाददाता

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ । 

गत वर्ष उनले अमेरिकी राजनीतिक प्रणाली ‘बिग्रेको’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए । रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले भने, “अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसको पक्षमा उतार्नु आवश्यक छ ।”

हामी उनि (ह्यारिस) लाई समर्थन गर्छौँं,” उनले मुस्कुराउँदै थपे । रूसी नेता पुटिनले ह्यारिसको मुस्कानले उनको सबै कुरामा सही हुनुहुन्छ भन्ने देखाउने उल्लेख गरे । “पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उनि यस्ता कार्यबाट टाढै रहनु हुनेछ ।”

गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भनेका थिए । पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो । 

यसै सन्दर्भमा रूसी सरकारी समाचार नेटवर्क आरटीका शीर्ष सम्पादकहरूमाथि प्रतिबन्ध लगाएको छ । वासिङ्टनले उनीहरूमाथि आगामी अमेरिकी मतपत्रलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीकाे धनगढीमा सञ्चालनमा आयाे नगर बस सेवा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरप...

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक:प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलिय...

निगमले घटायाे इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५...

दाेलखामा बोलेरो दुर्घटनामा परी दुईकाे मृत्यु, चार घाइते

दाेलखा । आइतबार दाेलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् ।  जिल्लाकाे ...

मुस्लिम धर्मावलम्बीका लागि भोली सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोली (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम ...

माछापुच्छ्रे सहकारीको रकम हिनामिना गरेकाे आराेपमा अध्यक्ष पक्राउ

विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा प्रहरीले संस्थाका अध्यक्ष अमलेश कर्णलाई पक्राउ गरेको छ । विराटनगर मह...

जडीबुटीको लजबाट लागु औषध ट्रामाडोलसहित दुईजना पक्राउ

काठमाडौं । कोटेश्वरस्थित जडीबुटीको लजबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएर बौद्ध बस्ने २९ वर्षीय...

जनताको अवस्था परिवर्तन गर्नुपर्छ: अध्यक्ष राउत

बाँके । जनमत पार्टीका अध्यक्ष सिके रावतले  देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित ...

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री तथा ...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ:मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् ।  नेपाल पारवहन तथा ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy