Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

खबरडबली संवाददाता

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो ।  

उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए । इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगकोे ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उनले बताए। 

“वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्‍याउने तयारी छ”, सञ्चालक सुब्बाले भने, “दुई बर्षअघि भएको आगलागीमा रु आठ करोड बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।”

एक दशकअघि रु १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले रु आठ करोडको लगानीमा विस्तार भएको छ । उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो । वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगले प्रतिकेजी रु १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा रु एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक सरद सुब्बा बताउछन्। 

“नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ ।” शरदले भने, “विदेशमा पुगेपछि हामीले रु १५ हजार प्रतिकेजी बेचेको चिया रु एक लाखसम्ममा बिक्री भएको छ ।”

उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद् सुब्बाले चियाको गुणस्तर सम्हालिरहेको छन् भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तरराष्ट्रिय प्रवद्र्धनमा जिम्मेवारी बाँड्नुभएको छ । विसं २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन चिया रोप्न पनि सिकाउनुभएको थियो । त्यतिखेर चियाखेतीबारे ज्ञानआर्जन गर्नुभएका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन ।

तर, अहिले उहाँका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको हो । सूर्यका चार भाइ छोरा छन्। त्यसमध्येका जेठो र माइलो शरद् र गृष्मले १० वर्षअघि जम्मा रु १४ लाख लगानीमा उद्योग सुरू गरेको थिए।

गृष्मले उद्योगको बजार व्यवस्थापन गर्नुहुन्छ । शरद् नेपालकै ‘बेस्ट टी मेकर’ हो । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरद बनाउछन्। साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ अध्ययनरत छन्। गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएको छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो ।

यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । एक वर्षमा ‘स्पेशल टी’ मात्र सात हजार केजी उत्पादन हुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा ग्यास अभाव भैरहँदा 'होटल रेडिसन'मा भेटियो १८४ वटा सिलिन्डर मौज्दात

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो (अपडेट)

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...

कांग्रेस इतर समूहको कार्यालय चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...

निजी क्षेत्रलाई चलायमान बनाएर ६६ खर्बको अर्थतन्त्र अघि बढाउने सरकारको लक्ष्य, आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...

पत्रकार श्रेष्ठलाई हतकडीसहित जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...

चुनदेवीबाट देउवाको चेतावनी: यीनीहरूलाई भोलिदेखि हामीले देखाउँछौं, राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...

रोल्पामा पहिरोको कहर : मृतकको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...

प्रहरी कार्यालय र हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending