Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

म्यान्मामा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु

खबरडबली संवाददाता

बैङ्कक । म्यान्माको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् । 

“सेनाले शुक्रबार स्थानीय समयानुसार करिब राति एक बजे नम्हकम सहरका दुईवटा क्षेत्रमा बमबारी गर्यो”, ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) का ल्वे याय ऊले भने । उनका अनुसार आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भए । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ । 

नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गतवर्ष धेरै साताको लडाइँपछि टिएनएलएका लडाकूहरूले उक्त सहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइते एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो । 

एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ । एएफपी संवाददाताहरूले उक्त भिडियो नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखानपरेको बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषाका निजी विद्यालय एक सातादेखि बन्द

धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगले माग गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ ।  आयोगका सहसचि...

युवती बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...

चार महिनामा मधेश प्रदेशमा ७२ प्रहरी विभागीय कारबाहीमा

मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन ।  आठ जिल्ला रहेको मधेश ...

मनाङमा चिसाे बढेसँगै जम्न थाले नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । तीन हजार मिटरमाथिका अधिकांश ...

बाजुरामा रुखले च्यापिएर एकजनाको मृत्यु, दुई घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छया युनामा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आइतबार दिउँसो विद्युतकाे लाइन ता...

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ ...

उद्योगधन्दा नफष्टाएसम्म विदेश जानेक्रम राेकिँदैन: मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्योग चलाउन गर्न सबै सकारात्मक हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य, भूमि तथा प्र...

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय ...

कोप–२९ सम्झौता जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बाकुमा भएको कोप–२९ सम्झौतालाई ‘जलवायु सहयोग र वित्तका लागि नयाँ युग’को रुपमा चित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy