Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण

खबरडबली संवाददाता

काठमाडौँ । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै बीएन्डसीमा एमबिबिएसको अध्ययन हुने भएको हो ।

विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट विसं २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको थियो ।

सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताएका छन् ।

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिष्णु रिमाल र ज्ञानेन्द्र शाहीको फेसबुक दोहोरीः रिमाललाई वडाध्यक्षमा लड्न तयारी गर्न शाहीकोे चुनौती

काठमाडौं  ।  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिए...

लक्जमबर्गका राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु

काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दु...

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ...

फागुनकाे अन्ततिम सााता रायाेकाे सागकाे मूूल्य बढ्याे

कति छ आजको तरकारी र फलफूलको थोक मूल्य ?

नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ- भारतमै ल्याए भयो !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र ...

अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल जाने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैंकिक कसूर तथा सजाय (दोस्रो...

एक सय सदस्यीय चिनियाँ फोटोग्राफरको टोली नेपालमा

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल ...

स्ववियु निर्वाचनमा मनोनयन दर्ता आज

काठमाडौं  । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ।  बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ...

समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy