Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

खबरडबली संवाददाता

पेरिस । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै सङ्केत देखिएको छैन ।

इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आ–आफ्नो अडानमा अडिग छन् । गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको हमासले इजरायललाई उसको सेना पूर्ण रुपमा फिर्ता बोलाउन माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा–इजिप्ट सीमाको एक महत्वपूर्ण भू–भागमा सेना राख्नुपर्नेमा जोड दिए । 

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण रहेका थिए । हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । 

नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिसलाई आदानप्रदान गरिएको थियो । गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित छ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो । संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (यूएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन् । “एघार महिनाको समय काफी हो । यसलाई अब कसैले पनि लिन सहज लिन सक्दैन । अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ ।”

टर्कीका एक अमेरिकी कार्यकर्ताले कब्जा गरेको क्षेत्रमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गरिरहेको पश्चिम किनारामा शुक्रबार भएको गोलीकाण्डले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिएको छ । २६ वर्षीया आइसेनुर एज्जी आइगीको परिवारले उनको मृत्युको स्वतन्त्र छानबिनको माग गर्दै शनिबार उनको जीवनलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा हत्या गरेको आरोप लगाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेर हत्या गरेको जनाएको छ । 

अङ्काराले उनलाई ‘इजरायली कब्जा क्षेत्रमा सैनिकहरू’ द्वारा मारिएको बताएको छ, र राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कार्यलाई ‘बर्बरता’ को रूपमा निन्दा गरेका छन् । वासिङ्टनले उनको मृत्युलाई ‘दुःखद’ भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ । करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैंकमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीहरुले बताएका छन् । इजरायली सेनाले वेस्ट वैङ्कको जेनिन शहरमा १० दिनसम्म चलेको घातक आक्रमणबाट पछि हटेको दिन आइगीको मृत्यु भएको थियो । गाजा युद्धमा युद्धविरामका लागि वार्ता गर्ने विषयमा इजरायल र संयुक्त राज्य अमेरिकाबीच विवाद भएपछि जेनिनको बहिर्गमन भएको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार ‘९० प्रतिशत सहमति भएको’ भन्दै इजरायल र हमासलाई सम्झौतालाई अन्तिम रुप दिन आग्रह गरे । तर इजरायली प्रधानमन्त्री नेतन्याहूले फक्स न्यूजसँग कुरा गर्दै भने, “यो नजिकको कुरा होइन ।” अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमा इजरायल सहमत भएको भन्दै हमासले गाजा पट्टीबाट इजरायललाई पूर्ण रुपमा फिर्ता लिन माग गर्दै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE