मेक्सिको सिटी। लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानुनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् ।
निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना रहेको छ ।
यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ ।
सिनेटमा प्रदर्शन गरेका प्रदर्शनकारीले बुधबार उक्त प्रस्तावमाथि मतदान हुने अपेक्षा गर्दै ‘न्यायपालिका ढल्ने छैन’ भन्ने नारा लगाएका थिए ।
सिनेटका समितिहरूले आइतबार राती उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसा गर्ने कुनै कानुनी आधार नभएको बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: