Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

खबरडबली संवाददाता

बागलुङ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो ।

ढोरपाटन नगरपालिका( ९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका हुन् ।

अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिको प्रयोग गरी स्याउखेती गर्न थालेका छन् । पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनि व्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन् ।

ढोरपाटन ९ का होमलाल भुसालसहित चिरन घर्ती, कमानसिंह बुढा, झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीले सुरु गरेको स्याउ खेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ । उनीहरुले एक वर्ष अघि एक हजार तीन सय बिरुवा इटालीबाट ल्याएर लगाउनु भएको थियो । कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमा बिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर सम्याउने काम गरेको होमलालले बताए ।

उनीहरूले बिरुवा लगाएको एक वर्षमा करिब रु एक लाख ५० हजारको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउने जानकारी दिए। भुसालले भने,’पोहोर असारमा लगाएको बिरुवाले अहिले फल दिएपछि हामी धेरै खुसी भएका छौं, हामीले थालेको स्याउखेतीमा ज्ञान केन्द्रले पनि सहयोग गरेकाले सहज भएको छ । इटालीबाट बिरुवा आएको हो, यस वर्ष यति परिणाममा फल्ला भन्ने लागेको थिएन, अर्को साल धेरै फल्ने अपेक्षा गरेका छौं ।’

किसान चिरनकुमार घर्तीले गाउँमा खाली रहेको जग्गालाई सदुपयोग गरी व्यावसायिक स्याउखेती थालेको बताए । हालसम्म व्यक्तिगत रुपमा रु २० लाख र कृषि ज्ञान केन्द्रको अनुदानसहित रु २७ लाख लगानी भएको उनले जानकारी दिए ।

एक हजार तीन सय बिरुवा लगाएकामा करिब एक हजारले फल दिएको भन्दै अझै १० हजार बिरुवा लगाउने योजना रहेको घर्तीले जानकारी दिनुभयो । सामूहिक रुपमा करिब एक सय रोपनी जग्गा भाँडामा लिएर उत्तरगंगा अर्गानिक एग्रो प्रालि दर्ता गरेर खेती सुरु गरेको उनले उल्लेख गरे ।

‘रोजगारीका लागि विदेश जाँदा पनि दुःख गर्नुपर्छ, स्वदेशमा स्वरोजगारका अवसर सिर्जना गरी मेहनत गर्दा प्रशस्त खाम्दानी गर्न सकिन्छ । अहिले एक सय रोपनीमा १० हजार स्याउ फलाउने गरी काम गरिरहेका छौं’ उनले भने,’छ जनाको समूहबाट काम थालेका छौँ, अब प्राविधिक ज्ञान सिक्न बाँकी छ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रो हावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए । कृषि निर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फूजी र रेड जातको स्याउका बिरुवा सहयोग गरेको भन्दै केन्द्रले स्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारी दिए ।

केन्द्रले यहाँ चाहिने आवश्यक प्राविधिक सहयोगसमेत निरन्तर गर्दै जाने प्रमुख सिलवालले बताए । परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि थप बिरुवा सहयोग गर्दै जाने उनले उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा जाँच गाउँ !

जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...

कुलतको दलदलमा युवा, लागुऔषधले निम्त्याउँदै सामाजिक संकट

काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...

श्रमदान अभियानका अगुवा प्रसाद राई : पुलदेखि आत्मरक्षासम्म समाजसेवामा सक्रिय

धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...

पाकेको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानु हानिकारक

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...

रास्वपा लुम्बिनी अधिवेशन : सभापतिमा शालिकराम र गोपालबीच पुनः मतदान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...

टहरा हटाउने क्रममा भीरबाट खसालियो टेम्पो, पीडित भन्छिन्– ‘रोजीरोटीको आधार नै खोसियो’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending