काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरणमा मुछिएको विषय संसदमा उठाएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेका हुन् ।
उनले भने ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के(के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ । म गुरुङमाथि छानबिन हुन्छकी हुदैन भनेर म कांग्रेसका सांसदहरुमाथि प्रश्न गर्न चाहन्छु । साथै सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध बिच्छेद गरेको समेत कुरा बाहिर आएको छ ।’
सांसद पराजुलीले सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न समेत माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: