Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

खबरडबली संवाददाता

बेइजिङ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बेइजिङ र युरोपियन युनियनबिचको गतिरोधका बाबजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ चीन भ्रमणका क्रममा सोमबार ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान गरे । 

सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द पिपुल’मा स्थानीय समकक्षी ली कियाङलाई भेटेर स्पेनले चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताएका थिए । “हामी एक साथ निष्पक्ष व्यापार व्यवस्थाको रक्षा गर्न पुलहरू निर्माण गर्न चाहन्छौँ,” उनले सामाजिक सञ्जाल एक्समा लेखे । उनले अगाडि लेखेका छन्, “यसले हाम्रो अर्थव्यवस्थालाई विकास गर्न र हाम्रा उद्योग र नागरिकलाई फाइदा पुर्‍याउँछ ।”

सान्चेज भ्रमणको क्रममा साङ्घाई पनि जाने कार्यक्रम रहेको छ । साङ्घाईमा उनले स्थानीय अधिकारी र व्यवसायीलाई भेट्नुका साथै नयाँ सेर्भान्टेस इन्स्टिच्युट सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा सोमबार आयोजित एक मञ्चमा सान्चेजले चीन र स्पेनबिचको ‘बलियो सम्बन्ध’को प्रशंसा गरे । उनले सोमबार नै सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियोमा भनेका छन्, “हामी हाम्रो अडान र पूर्णरुपमा मेल नखाने विषयमा पनि संवाद र सहकार्यमा संलग्न हुन रचनात्मक तत्परता देखाउने छौँ ।”

उनले भने, “हामी सकारात्मक एजेन्डा विकास गर्न र सबै पक्षलाई फाइदा हुने गरी सहमतिको समाधान खोज्न प्रतिबद्ध छौँ ।” सान्चेजले बेइजिङ्मा ‘स्पेन–चाइना बिजनेस एडभाइजरी काउन्सिल’ का पदाधिकारीसँग भेटवार्ता गरेका थिए । काउन्सिल दुई देशबिचको ‘व्यापार र लगानी सम्बन्धलाई प्रगाढ बनाउने’ प्रयासको एक हिस्सा हो । भेटमा उनले भने, “हाम्रो उद्देश्य दुवै राष्ट्रलाई फाइदा पुर्‍याउने सम्मान र पारस्परिकतामा आधारित सन्तुलित सम्बन्धलाई बढवा दिनु हो ।” राष्ट्रपति सी चिनफिङ र शीर्ष सांसदहरूसँग अपराह्न भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको कार्यालयले उपलब्ध गराएको कार्यतालिकामा उल्लेख छ । 

सन् २०२३ को मार्चमा चीनको हाइनान प्रान्तको डाभोसमा आयोजित बोआओ फोरममा भाग लिएका साञ्चेजले  आफ्नो अन्तिम चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका थिए । भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया स्पेनमा निर्वासनका लागि भागेको केही समयपछि प्रधानमन्त्री साञ्चेज बेइजिङ आइपुगेका थिए । शनिबार समाजवादी पार्टीको बैठकमा सान्चेजले उरुटियालाई ‘एक नायक’को रूपमा वर्णन गर्दै उनलाई शरण दिने घोषणा गरेका थिए । भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार र बेइजिङबीच घनिष्ठ सम्बन्ध छ । सान्चेजको यो भ्रमण युरोपेली सङ्घ र चीनबिच बढ्दो व्यापार तनावको पृष्ठभूमिमा हुन लागेको हो ।

युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा अतिरिक्त ३६ प्रतिशतसम्म पाँच वर्षे आयात शुल्क लगाउने घोषणा गरेको थियो भने गत महिना बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको थियो ।

गत जुनमा बेइजिङले घरेलु उत्पादकहरूको तर्फबाट स्थानीय व्यापार समूहले पेस गरेको आवेदनको जवाफमा समूहबाट सुँगुरको मासु आयातमा एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको थियो । स्पेन चीनमा सुँगुरको मासुको आपूर्तिका लागि सबैभन्दा ठुलो निर्यातक हो । गत वर्ष चीनलाई पाँच लाख ६० हजार टनभन्दा बढी मासु बिक्री गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE