Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

दुई वर्षमा युक्रेनमा बम विस्फोटबाट एक हजारभन्दा धेरैको मृत्यु

खबरडबली संवाददाता

जेनेभा । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ । संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ । 

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्दा युक्रेनले विश्वमा सबैभन्दा बढी रेकर्ड गरिएको वार्षिक क्लस्टर हतियार हताहतको सङ्ख्या दर्ता गरेको क्लस्टर म्युनिसन कोलिसन (सिएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ । युक्रेनमा दुवै पक्षबाट क्लस्टर बमको प्रयोग गरिएको र युद्ध सुरु भएपछि हतियारबाट त्यहाँ एक हजारभन्दा बढी मानिस मारिएको वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ । 

सबैभन्दा धेरै मृत्यु सन् २०२२ मा दर्ता भएको थियो । यद्यपि प्रतिवेदनले सन् २०२३ को आँकडा सम्भवतः नाटकीयरूपमा कम अनुमान गरिएको बताएको छ । मध्य हावामा विस्फोट गर्न वा व्यापक क्षेत्रमा बम छर्नुअघि क्लस्टर हतियारहरूलाई विमानबाट खसाउन सकिन्छ वा तोपखानाबाट प्रहार गर्न सकिन्छ । क्लस्टर हतियारले स्थायी खतरा निम्त्याउँछ किनकि धेरै क्लस्टर हतियार विस्फोट नहुन सक्छन् र प्रभावकारी रूपमा वर्षौंपछि विस्फोट हुने बारुदी सुरुङका रूपमा काम गर्दछ । 

युक्रेनमा अहिले धेरै कृषि भूमि बारुदी सुरुङको तुलनामा क्लस्टर हतियारका अवशेषहरूले दूषित भएको प्रतिवेदनमा उल्लेख छ । युद्धअघि युक्रेनले धेरै वर्षसम्म क्लस्टर हतियारबाट कुनै हताहत दर्ता गरेको थिएन । तर सन् २०२२ मा यो सङ्ख्या नौ सय १६ भएको रेकर्ड गरियो र गत वर्ष विश्वभरमा दर्ता गरिएका दुई सय १९ मृत्युमा करिब आधा युक्रेनमा भएको थियो । “हताहत हुनेहरूको वास्तविक सङ्ख्या उल्लेखनीय रूपमा बढेको विश्वास गरिन्छ”, सिएमसीले चेतावनी दिएको छ । 

रुस र युक्रेन दुवैले क्लस्टर हतियारको प्रयोग जारी राखेकाले आक्रमण वा हताहतका लागि कुन पक्ष जिम्मेबार थियो भन्नेबारे व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न वा बताउन असम्भव भएको प्रतिवेदनमा भनिएको छ । रुस र युक्रेन जस्ता मुलुकहरूले क्लस्टर हतियारको प्रयोग, उत्पादन वा हस्तान्तरणले उनीहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर बनाएको प्रतिवेदनमा बताइएको छ । 

क्लस्टर बमको प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने सन् २००८ को क्लस्टर युद्धक सम्झौताको पक्षमा रहेका एक सय १२ मुलुकमा कुनै पनि मुलुक छैनन् । “क्लस्टर हतियारमाथि प्रतिबन्ध नलगाउने मुलुकहरूको कारवाहीले नागरिकहरूलाई खतरामा पारिरहेको छ र यो घृणित हतियारलाई प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिको अखण्डता र सार्वभौमिकतालाई खतरामा पारिरहेका छन्”, सिएमसीका प्रमुख तामार ग्याबेलनिकले भने । गत वर्ष क्लस्ट हतियार आक्रमणहरू दर्ता गरिएका अन्य दुई मुलुक म्यान्मा र सिरिया पनि सम्झौतामा सहभागी भएका छैनन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy