Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

खबरडबली संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । 

मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए । यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् भने सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् । 

उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव भने पराजित बने । यस्तै सहसचिव पदमा अनिश कार्की र अनिष पौडेल निर्वाचित भएका छन् । उक्त पदमा प्रतिस्पर्धामा रहेका दिपेन्द्र राई, दर्शन साह पराजित भएका छन् । महिला सहसचिवमा भने रविना चौधरी सर्वसम्मत चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा किर्तिका खनाललाई पराजित गर्दै शितल दर्नाल निर्वाचित भएकी छिन् ।

सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसकेपछि आइतबार अवेर निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतपरिणाम आइतबार राती नै सार्वजनिक भएको हो । मोरङका १७ वटै पालिकाबाट सहभागी मतदाता १४२ मतदातामध्ये १३५ जनाले मतदान गरेको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए । 

५१ सदस्यीय समितिमा ४२ जना कार्यसमिति सदस्यहरुको छनौट भने भएको छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाकाकन्दीका कारण गाजामा अनिकालकाे चेतावनी

जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...

देशमा कूल एक करोड ८१ लाख ४८ हजार ६५४ मतदाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...

पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...

पाेखरामा मानव बेचविखनको आरोपमा तीनजना पक्राउ

पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ: महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।  नेपाली कांग...

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...

अदालतहरुमा एक करोड ९६ लाख ८१ हजार रुपैयाँ बेरुजु

काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...

बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।  बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाकाे मृत्यु

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending