ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले वर्तमान राजनीतिक समीकरणलाई कायम राख्ने सहमति गरेको हो।
बैठकले नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराईको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री तथा नेकपाका संसदीय दलका नेता भट्टराईले अन्य प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्य अन्त्य भए पनि मधेश प्रदेशमा भने वर्तमान गठबन्धनलाई यथावत् राख्ने सहमति भएको बताए।
उनले एमालेसँगको सहकार्य नटुट्ने स्पष्ट पार्दै एमाले सरकारबाट बाहिरिए मधेश केन्द्रित दलहरूको समर्थनमा सरकार टिकाउनुपर्ने अवस्था आउन सक्ने भएकाले स्थायित्वका लागि वर्तमान गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको बताए।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलको सहकार्यबाट प्रदेशको बजेट पारित भएको उल्लेख गर्दै आगामी दिनमा पनि यही सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने बताए। उनले अन्य प्रदेशको राजनीतिक समीकरणभन्दा मधेश प्रदेशको अवस्था फरक रहेको भन्दै प्रदेशको स्थायित्व, समृद्धि र विकासलाई केन्द्रमा राखेर तीन दल एकताबद्ध भएर अघि बढ्ने निर्णय गरिएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: