Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

सामूहिक हत्याको मुद्दा चलाउन हसिनालाई स्वदेश फर्काउने तयारी

खबरडबली संवाददाता

काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ ।  नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई हालैका विद्यार्थी आन्दोलनका क्रममा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन आवश्यक कदम चालिने बताएका हुन् ।

अगस्ट ५ मा सरकार विरोधी प्रदर्शन चरम सीमामा पुगेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भइन् र देश छोडेर भारत गएकी थिइन् ।  ‘डेली स्टार’ अखबारले प्रमुख अभियोजक इस्लामलाई उद्धृत गर्दै भारतसँगको सुपुर्दगी सन्धिअनुसार पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने जनाएको छ । हसिनालाई प्रदर्शनको क्रममा सामूहिक हत्याको आरोपमा मुद्दा चलाउने उनको भनाइ छ ।

ढाकाको न्यायाधीकरण परिसरमा पत्रकार सम्मेलनमा उनले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवताविरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आग्रह गर्नेछौं ।’

अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले गत महिना हसिना र अन्य नौ जनामाथि जुलाई १५ देखि अगस्ट ५ सम्म भएको विद्यार्थी आन्दोलनमा नरसंहार र मानवता विरुद्धको अपराधको आरोपमा अनुसन्धान सुरु गरेको थियो ।

इस्लामले न्यायाधीकरण र यसको अनुसन्धान टोलीलाई नयाँ न्यायाधीश र अनुसन्धानकर्ता नियुक्त गरेर पुनर्गठन गर्नुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको नयाँ प्रतिबद्धताः स्वाधीनता जोगाउने अठोटदेखि निर्वाचन सुधारसम्म

काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो ...

धनुषामा २० वर्षीय युवकको घाँटी रेटेर हत्या

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र ...

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले...

पत्रकार अर्जुन आचार्यमाथि आक्रमणप्रति प्रेस सेन्टर नेपालको आपत्ति, कारबाहीको माग

काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रम...

सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्षीय वृद्ध पक्राउ

एजेन्सि । जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ  ओस...

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

काठमाडाै  । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा...

एजेन्डाकै बलमा चुनावी मैदानमा हाेेमिएका हाैैंं, तालमेलको चर्चा निराधार हाेः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पा...

जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–...

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

दाङ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।   घोराही...

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE