Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

युक्रेनको रुसमाथि १४४ ड्रोनबाट आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनले रुसमाथि १४४ ड्रोन आक्रमण गरेको छ । आक्रमणमा धेरै आवासीय भवनहरूलाई पनि निशाना बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ । 

रुसको राजधानी मस्को वरपर २० वटा ड्रोन खसालेका छन् । यस आक्रमणमा एक महिलाको पनि मृत्यु भएको बताइएको छ । आक्रमणमा दर्जनौं घर ध्वस्त भएका छन् । यस आक्रमणका कारण मस्को र वरपरका विमानस्थलबाट ५० भन्दा बढी उडानहरू डाइभर्ट गर्नुपरेको थियो । रुसी अधिकारीका अनुसार मस्कोका ४ मध्ये ३ वटा विमानस्थल ६ घण्टाभन्दा बढी बन्द गर्नुपरेको थियो । 

रुसले पनि अन्य ८ प्रान्तमा १२४ ड्रोन खसालेको छ । यस हमलाको बदला लिँदै रुसले युक्रेनमा ४६ ड्रोनबाट पनि आक्रमण गरेको बताइएको छ । यद्यपि युक्रेनका अनुसार उसले यी मध्ये ३८ वटा ड्रोनलाई खसालेको छ । 

यसअघि ३१ अगस्टमा युक्रेनले रुसमाथि १५० भन्दा बढी ड्रोनबाट हमला गरेको थियो । साढे दुई वर्ष लामो रुस–युक्रेन युद्धमा पहिलो पटक युक्रेनले रुसमाथि यति ठूलो संख्यामा ड्रोन हमला गरेको थियो । त्यसबेला पनि युक्रेनले राजधानी मस्कोलाई निशाना बनाएको थियो । 

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शहरमा ११ वटा ड्रोनले आक्रमण गरेको थियो । यी आक्रमणमा एक तेल प्रशोधन केन्द्र र प्राविधिक कोठालाई निशाना बनाइएको थियो । तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विस्फोट भएको थियो । यसपछि बाक्लो धुवाँ उठेको देखियो । 

रुसी अधिकारीका अनुसार युक्रेनले १५ प्रान्तमा १५८ ड्रोनबाट आक्रमण गरेको थियो । रुसी एयर डिफेन्सले लगभग सबै ड्रोनलाई रोकेर खसालेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अब रुसमा थप घुसेर आक्रमण गर्न चाहन्छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनीहरूले यसका लागि अमेरिकालाई सहयोगका लागि दबाब पनि दिइरहेका छन् । जेलेन्स्कीले अगस्त ३१ मा एक भिडियो जारी गर्दै युक्रेनले रुसी एयरफिल्ड र सैन्य अड्डाहरूलाई निशाना बनाएमा मात्र यी आक्रमणहरू रोक्न सकिने बताएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE