काठमाडौं । नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानले ३ असोजमा 'डोटी साहित्य उत्सव-२०८१' आयोजना गर्ने भएका छन्। संविधान दिवस पारेर उत्सव आयोजना गरिने लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए।
उत्सवमा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्रष्टाको प्रस्तुति रहने उनको भनाइ छ। 'उत्सवमा जनप्रतिनिधिसँग साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक बहस हुनेछ। वक्ता शिखर नगरपालिकाका मेयर दीर्घ बलायर र बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला हुनुहुने छ। एक पालिका प्रमुखको टुंगो लाग्न बाँकी छ,' उनले भने, 'यसका साथै कविता उत्सव, गजल उत्सव, मातृभाषाका सिर्जना उत्सव र मुक्तक उत्सव हुनेछ।'
कविता उत्सवमा डडेल्धुराका कैलाशकुमार पाण्डेय, डोटीका हिकमत शाही र तोयनाथ भट्टको प्रस्तुति रहने बताइएको छ। गजल उत्सवमा अछामका नवीन चिराग, बझाङका लोकेन्द्र बोहरा ‘परिवर्तन’, डोटीका रामचन्द्र राणा र कुश्मा भट्टले रचना वाचन गर्ने छन्।
मातृभाषा सिर्जना उत्सवमा बैतडी जन्मथलो भई कञ्चनपुर बस्दै आएका कविराज भट्ट, बझाङका पूर्ण मल्ल, डोटीका डिलबहादुर महारा र तीर्थराज भट्टले रचना प्रस्तुत गर्ने छन्। विजय आउजी, दलदिपेस र सिता साउँदको मुक्तक प्रस्तुति रहने छ।
गायक गोपाल सूचिकार, शेर साउँद, राम साउँद र हरि सुदामाको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। गीता स्मृति कठायत, अमर खड्का, हेमा देउवा, हर्क खडायत, धनबहादुर ऐर, पदम स्मृति अवस्थी, भक्त रावललगायत स्रष्टाको पनि प्रस्तुति रहने छ।
डोटेली लोकसाहित्यमा योगदान पुर्याउने पदमराज जोशीलाई प्रा. डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार र कवि निर्मलकुमार भण्डारीलाई कवि पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि जनही ११ हजार १११ रहेको छ।
कार्यक्रममा निर्मला बोगटी, हेमा देउवा, गडसेरी माइला, देवेन्द्र भट्ट, हर्क खडायतको पनि सहभागिता रहने साउदले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...
बैशाख २ गते, २०८३ - १८:२४
काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...
बैशाख २ गते, २०८३ - १७:५७
काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...
बैशाख २ गते, २०८३ - १७:४७
काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...
बैशाख २ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...
बैशाख २ गते, २०८३ - १७:११
काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...
बैशाख २ गते, २०८३ - १७:०४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...
बैशाख २ गते, २०८३ - १६:५४
काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...


प्रतिकृया लेख्नुहोस्: