Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८२ सोमबार | 28th April, 2025 Mon
Investment bank

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानले ३ असोजमा 'डोटी साहित्य उत्सव-२०८१' आयोजना गर्ने भएका छन्। संविधान दिवस पारेर उत्सव आयोजना गरिने लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए।

उत्सवमा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्रष्टाको प्रस्तुति रहने उनको भनाइ छ। 'उत्सवमा जनप्रतिनिधिसँग साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक बहस हुनेछ। वक्ता शिखर नगरपालिकाका मेयर दीर्घ बलायर र बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला हुनुहुने छ। एक पालिका प्रमुखको टुंगो लाग्न बाँकी छ,' उनले भने, 'यसका साथै कविता उत्सव, गजल उत्सव, मातृभाषाका सिर्जना उत्सव र मुक्तक उत्सव हुनेछ।'

कविता उत्सवमा डडेल्धुराका कैलाशकुमार पाण्डेय, डोटीका हिकमत शाही र तोयनाथ भट्टको प्रस्तुति रहने बताइएको छ। गजल उत्सवमा अछामका नवीन चिराग, बझाङका लोकेन्द्र बोहरा ‘परिवर्तन’, डोटीका रामचन्द्र राणा र कुश्मा भट्टले रचना वाचन गर्ने छन्।

मातृभाषा सिर्जना उत्सवमा बैतडी जन्मथलो भई कञ्चनपुर बस्दै आएका कविराज भट्ट, बझाङका पूर्ण मल्ल, डोटीका डिलबहादुर महारा र तीर्थराज भट्टले रचना प्रस्तुत गर्ने छन्। विजय आउजी, दलदिपेस र सिता साउँदको मुक्तक प्रस्तुति रहने छ।

गायक गोपाल सूचिकार, शेर साउँद, राम साउँद र हरि सुदामाको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। गीता स्मृति कठायत, अमर खड्का, हेमा देउवा, हर्क खडायत, धनबहादुर ऐर, पदम स्मृति अवस्थी, भक्त रावललगायत स्रष्टाको पनि प्रस्तुति रहने छ।

डोटेली लोकसाहित्यमा योगदान पुर्‍याउने पदमराज जोशीलाई प्रा. डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार र कवि निर्मलकुमार भण्डारीलाई कवि पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि जनही ११ हजार १११ रहेको छ।

कार्यक्रममा निर्मला बोगटी, हेमा देउवा, गडसेरी माइला, देवेन्द्र भट्ट, हर्क खडायतको पनि सहभागिता रहने साउदले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो: महासचिव पोख्रेल

दाङ। सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दु:खद अवस्था सिर्जना भएक...

माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउँदै

धनगढी। पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि कैलाली आउँदै छन्।  माओवादी केन्द्रले थालेको...

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

लेखनाथ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दि...

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आव...

शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकको एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका...

रौतहटका कार्यालय प्रमुखलाई अख्तियारी नहुँदा मालपोतको सेवा ठप्प

चन्द्रपुर । मालपोत कार्यालय मौलापुर, रौतहटका  कार्यालय प्रमुख कौशलकिशोर झा हाजिर भएको एक हप्ता हुन् लाग्दा समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागले अख्...

जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश जारी

काठमाडौँ । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च ...

महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।केही दिनअघि...

नयाँ बानेश्वरमा शिक्षक महासंघको बैठक जारी

काठमडौं । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्ननेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आ...

अपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छ : प्रवक्ता महत

घोराही। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताएको छन्।  नेपाल ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending