काठमाडौं । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो चरणको बन्द प्रशिक्षणका लागि २९ खेलाडी छनोट गरेको हो ।
प्रशिक्षण भदौ ३० देखि असोज १३ गतेसम्म दाङको लमहीमा हुने क्यानले जनाएको छ । छनोट प्रतियोगितामा नेपाल, आयोजक संयुक्त अरव इमिरेट्स (युएई) कुवेत र थाइल्यान्डको सहभागिता रहनेछ । सबै टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।
नेपालले कार्तिक २१ गते थाइल्यान्डसँग, कार्तिक २२ गते कुवेत र कार्तिक २४ गते युएईसँग खेल्नेछ । यस्तै नेपालले कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेत र कार्तिक २८ गते युएईसँग पुन: खेल्नेछ । शीर्षस्थानमा रहने टिमले विश्वकप खेल्नेछ । महिला यु–१९ टी–२० विश्वकप आगाजी वर्ष मलेसियामा हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएको खेलाडीहरुमा सोनी पाख्रिन, अलिया यादव, मनिशा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पुजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रबिना साउद, किरन कुमारी कुँवर र तृषना विक छन् ।
यस्तै छनोटमा रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामत, आरती महतो, पूजा महतो, कुस्म गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, निरु जिटी, सिराना थापा, रचना चौधरी, आश्मा पुलामीमगर र सुस्मिता भुषाल परेकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २३ गते, २०८१ - १७:३१
काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँप...
आश्विन २३ गते, २०८१ - १७:२७
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेट सहि...
आश्विन २३ गते, २०८१ - १६:१५
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् । पशुपति धर्मशालामा आज मारवाडी सेवा समा...
आश्विन २३ गते, २०८१ - १५:५२
काठमाडौं । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ । निगमले स्था...
आश्विन २३ गते, २०८१ - १५:३९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर ...
आश्विन २३ गते, २०८१ - १५:३६
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् । संसद बैठकमा ...
आश्विन २३ गते, २०८१ - १५:३२
काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख ...
आश्विन २३ गते, २०८१ - १५:२९
काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म ...
आश्विन २३ गते, २०८१ - १५:२६
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्याएपछि उनी चिन्त...
आश्विन २३ गते, २०८१ - १५:१६
काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चाल...
प्रतिकृया लेख्नुहोस्: