हनोई । विनाशकारी चक्रवात ‘यागी’ पछिको बर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । पहिरोमा परी लाङ नु गाउँका कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ७३ जना अझै बेपत्ता रहेका सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी प्रशारित समाचारमा उल्लेख गरिएको छ ।
अधिकारीहरूले भियतनाममा मात्रै १४० भन्दा बढीको मृत्यु भएको जानकारी गराएका छन् । लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधीबेहरीपछि आएको बाढीबाट प्रभावित भएका छन् । भियतनामी राजधानी हनोईको ‘रेड रिभर’ नजिकै १५ वर्षदेखि बस्दै आएका ४१ वर्षीय गुयेन ट्रान भ्यानले भने, “यो मैले आजसम्म देखेको सबैभन्दा खतरनाक बाढी हो । पानीको स्तर यति छिटो बढ्छ भन्ने मैले सोचेको थिइनँ । हामीले भाग्न अलिकति मात्र ढिला गरेको भए आज स्थिति फरक हुन्थ्यो ।”
राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो । नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू तैनाथ गरिएको छ । हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा रहेका छन् । भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको सङ्ख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ । यो तथ्याङ्कमा मङ्गलबारको पहिरो पीडितको सङ्ख्या समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन ।
“बेपत्ताहरूको खोजीका लागि पहिरो गएको क्षेत्रमा सेना परिचालन गरिएको छ,” पार्टीका जिल्ला प्रमुख होआङ क्वोक बाओले बताए । त्यसैगरी छिमेकी राष्ट्र लाओसको लुआङ प्रबाङ प्रान्तका केही नदीमा पानीको सतह चेतावनीको स्तरमा पुगेको छ । उत्तरी थाइल्यान्डको चियाङ माईमा पहिरोमा परी दुई र चियाङ राईमा अन्य दुई जनाको मृत्यु भएको छ । म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
दक्षिणपूर्वी एसियाले वार्षिक भारी मनसुनी वर्षा अनुभव गर्दछ तर प्रकृतिमा मानवीय हस्तक्षेपले निम्त्याएको जलवायु परिवर्तनले अधिक तीव्र मौसमी परिवर्तन निम्त्याएको छ जसले विनाशकारी बाढीको सम्भावना बढाउन सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: