दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौरा गाउँको वास्तविकता भने त्यसको ठीक विपरीत छ। इतिहासले चिनाएको यो गाउँ आज पनि आधारभूत विकासको पर्खाइमै छ।
किम्बदन्तीअनुसार तत्कालीन दङ्गीशरण राजाले यही क्षेत्रमा राज्य सञ्चालन गरेका थिए। गाउँको पश्चिमतर्फ करिब पाँच सय मिटर दूरीमा रहेको दङ्गीशरण दरबारका भग्नावशेषले त्यसको ऐतिहासिक साक्षी बोकेका छन्। लुम्बिनी प्रदेश सरकारले दरबारको संरक्षण तथा पुनर्निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत आठ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। तर दरबारसँगै रहेको ऐतिहासिक सुकौरा गाउँमा भने सडक, सरसफाइ, खानेपानी र अन्य आवश्यक पूर्वाधार अझै पनि कमजोर अवस्थामा छन्।
करिब १९७ घरधुरी रहेको सुकौरा गाउँमा हरेक वर्ष देशका विभिन्न स्थानबाट पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ता दङ्गीशरण दरबार अवलोकन गर्न पुग्ने गर्छन्। तर गाउँको अस्तव्यस्त अवस्था देखेर धेरैजसो निराश भएर फर्किने गरेको स्थानीयहरूको अनुभव छ।
स्थानीय अगुवा तथा मटावाँ सञ्चलाल चौधरीका अनुसार ऐतिहासिक पहिचान बोकेको गाउँले राज्यबाट अपेक्षित प्राथमिकता पाउन सकेको छैन। उहाँले दङ्गीशरण राजाको इतिहास हेर्न आउने आगन्तुकहरू गाउँको अवस्था देखेर दुःखी हुने गरेको बताउँदै दरबारसँगै गाउँको विकासलाई पनि समान महत्व दिनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सम्पदा संरक्षणसँगै गाउँ व्यवस्थित बनाउन सके पर्यटनको विकास हुनुका साथै स्थानीयको जीविकोपार्जनमा समेत सकारात्मक प्रभाव पर्नेछ।
तुलसीपुर उपमहानगरपालिका–११ का वडा सदस्य तिलक चौधरीले पछिल्ला वर्षहरूमा केही सुधारका काम भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार सडक स्तरोन्नति, नाला निर्माण र ग्राभेल गर्ने काम सम्पन्न भए पनि ऐतिहासिक गाउँको आवश्यकता र सम्भावनाअनुसार विकास हुन अझै धेरै काम बाँकी छ।
उहाँले वर्षायाममा सडक अत्यन्तै जीर्ण हुने समस्या अहिले केही कम भए पनि गाउँलाई ऐतिहासिक महत्त्वअनुसारको स्वरूप दिन पर्याप्त लगानी र दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। दरबार पुनर्निर्माणसँगै गाउँको सडक, खानेपानी, सरसफाइ, पर्यटकमैत्री संरचना तथा अन्य आधारभूत सुविधा विस्तारमा पनि सरकारको ध्यान पुग्नुपर्ने उहाँको जोड छ।
स्थानीयवासीको भनाइमा ऐतिहासिक सम्पदाको संरक्षण मात्र पर्याप्त हुँदैन। सम्पदासँग जोडिएको बस्ती पनि व्यवस्थित र आकर्षक बनाउन सकिए मात्र सुकौराले आफ्नो ऐतिहासिक पहिचानलाई वास्तविक अर्थमा जोगाउन र पर्यटनको केन्द्रका रूपमा स्थापित हुन सक्नेछ। अहिले भने राजाको इतिहास बोकेको यो गाउँ विकासको मूलधारमा पुग्ने दिनको प्रतीक्षामै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: