Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

पूर्वी एसियामा बाढीबाट लाखौँ मानिस प्रभावित, दुईसयभन्दा बढीको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । दक्षिणपूर्वी एसियाका लाखौं मानिसले चक्रवात यागीका कारण प्रभावित हुनुपरेको छ । चक्रवातपछि भएको व्यापक बर्षाले निम्त्याएको बाढीका कारण यस क्षेत्रका २०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । बाढीका कारण यस क्षेत्रका घरहरू डुवानमा परेका छन् भने बिजुली लगायतका पुर्वाधारसमेतमा क्षति पुगेको छ । 

सबैभन्दा बढी प्रभावित भियतनाममा यागीका कारण मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ भने उत्तरी थाइल्यान्डमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । यागीको साताव्यापी प्रहारले भारी वर्षा भएको र बर्षाका कारण आएको बाढीले उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारको भूभागलाई डुबाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (युनिसेफ) ले चक्रवातले भियतनाममा १४ लाख भन्दा बढी घरहरू क्षतिग्रस्त भएको जनाएको छ । 

युनिसेफले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा घर, स्वास्थ्य केन्द्र र विद्यालयहरूका लागि पानी उपलब्ध गराएको छ भने आगामी दिनमा भियतनामी सरकारलाई चिकित्सा र सरसफाइसम्बन्धी सामग्री पठाउने जनाएको छ । बाढीका कारण २५ लाख हेक्टरभन्दा बढीक्षेत्रमा लगाएको बालीमा क्षति भएको र ठूलो सङ्ख्यामा गाईवस्तुहरू मरेका भियतनामको कृषि मन्त्रालयले जनाएको छ । 

युनेस्कोको विश्व सम्पदा स्थल लुआङ प्रबाङमा मेकोङ बिहीबार बाढीको प्रभाव उच्च् स्तरमा पुग्ने अपेक्षा गरिएको आयोगले बुलेटिनमा जनाएको छ । यागीका कारण थाइल्यान्डमा मृतकको सङ्ख्या नौ पुगेको र चियाङ माई प्रान्तमा छ जनाको मृत्यु भएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ । यसै गरी चियाङ राई विमानस्थल लागि सबै उडानहरू स्थगित गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् । म्यान्माको सिमानामा रहेको माई साई जिल्लाले ८० वर्षयताकै सबैभन्दा खराब बाढीको सामना गरिरहेको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारी सुट्टीपोङ जुल्जारेर्नले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले प्रभावित क्षेत्रमा सामान पठाउन आदेश दिएको छ भने राहत कार्यमा सहयोग गर्न डुङ्गा, हेलिकप्टरलगायतका यातायात पठाउन सेनालाई परिचालन गरेको छ । म्यानमाको सरकारी समाचारपत्र ग्लोबल न्यू लाइटले याङ्गुन र माङ्डलेबीचको मुख्य लाइनमा केही भागमा बाढीका कारण रेल सेवा स्थगित गरिएको जनाएको छ ।

जुलाईमा प्रकाशित एक अध्ययनले जलवायु परिवर्तनले तटीय क्षेत्रमा आँधीको प्रभाव तीव्र बनाएको र लामो समयसम्म यसको प्रभाव देखिने गरेको उल्लेख गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE