काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा उच्च हो।
स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुद्री पानी सबैभन्दा तातो हुने गर्छ। तर यस वर्ष जुन महिनामै देखिएको यो तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेको छ।
गत बुधबार स्पेनको भूमध्यसागरीय तटमा समुद्री पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको थियो। मौसम निकायको पूर्वानुमानअनुसार क्याटालोनिया र अन्डालुसियाबिचका अधिकांश पर्यटकीय तटमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै, बेलियारिक टापु समूहमा समुद्री पानीको तापक्रम २९ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
समुद्री तापक्रममा आएको यो अस्वाभाविक वृद्धि स्पेनमा मात्र सीमित नभई विश्वव्यापी जलवायु परिवर्तनको संकेत भएको विज्ञहरूले बताएका छन्। कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस र कोपर्निकस मरिन सर्भिसले जुलाईको सुरुआतमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी समुद्री सतहको तापक्रमले सन् २०२३ र २०२४ का अघिल्ला कीर्तिमानसमेत पार गरिसकेको छ।
बार्सिलोनाका तटमा पुग्ने पर्यटक तथा स्थानीय बासिन्दाले समुद्री पानीको तापक्रम वृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार जलवायु परिवर्तनका कारण समुद्री तटमा बालुवाको मात्रा घट्दै गएको छ भने अत्यधिक गर्मीका कारण दैनिक जनजीवनसमेत प्रभावित हुन थालेको छ।
बार्सिलोनामा बसोबास गर्ने विदेशी नागरिकहरूले पनि विगतका वर्षको तुलनामा यस वर्षको गर्मी निकै तीव्र र कष्टकर रहेको बताएका छन्।
विज्ञहरूले समुद्री तापक्रममा भएको वृद्धिलाई पृथ्वी तातिँदै गएको गम्भीर संकेतका रूपमा व्याख्या गर्दै जलवायु परिवर्तन नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...
आषाढ़ २६ गते, २०८३ - ११:५४
काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...
आषाढ़ २६ गते, २०८३ - ११:५०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...
आषाढ़ २६ गते, २०८३ - ११:४२
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...
आषाढ़ २६ गते, २०८३ - ११:१६
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...
आषाढ़ २६ गते, २०८३ - ११:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...
आषाढ़ २६ गते, २०८३ - १०:५५
काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...
आषाढ़ २६ गते, २०८३ - १०:४३
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...
आषाढ़ २६ गते, २०८३ - १०:२१
दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फे...
आषाढ़ २६ गते, २०८३ - १०:१८
नेपालगन्ज। सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका ...



प्रतिकृया लेख्नुहोस्: