जर्मनी । मुद्रास्फितिमा आएको सुस्तता र आर्थिक परिदृश्य अँध्यारो हुँदै गएपछि युरोपेली केन्द्रीय बैङ्कले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ । बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो ।
फ्रयाङ्कफर्टस्थित बैङ्कले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो । ईसीबीको प्रशासकीय परिषद् (गभर्निङ काउन्सिल)ले जुलाईमा उधारो लागतलाई नियन्त्रणमा राखेको थियो तर अर्को त्रैमासिक बिन्दु बिहीबार ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ । यो निर्णयले व्यवसाय र नागरिकहरूलाई थप राहत प्रदान गर्नेछ ।
युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीबाट सन् २०१९ पछि यो दोस्रो दर कटौती हुनेछ । बेरेनबर्ग बैङ्कका अर्थशास्त्री होल्गर स्माइडिङले भने, “हालका सबै ईसीबी वक्ताहरूले दरहरू घटाउन चाहेशो पुष्टि गरेका छन् ।” नीति निर्माताहरूको कटौतीको साथ अगाडि बढ्ने विश्वासलाई विगत एक वर्षमा उथलपुथल भएको मुद्रास्फीति अब अझ निरन्तर गिरावटको मार्गमा रहेको सङ्केतहरूलाई बल दिएको छ ।
युरो जोनको मुद्रास्फीति अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य वृद्धि ठीक एक बर्ष अघिको तुलनामा २.२ प्रतिशतमा खुम्चिएको छ, जुन जुलाईको २.६ प्रतिशतबाट पनि कम हो । सन् २०२२ को अक्टोबरमा रुसले युक्रेनमाथि गरेको आक्रमण र महामारीपछिको आपूर्ति शृङ्खलाको समस्याका कारण खाद्यान्न र ऊर्जाको लागत बढेपछि मुद्रास्फीति दर १०.६ प्रतिशत पुगेको थियो ।
अमेरिकी फेडरल रिजर्भले पनि हालैको कमजोर तथ्याङ्क र लामो समयकाृ बजारको उथलपुथलपछि अर्को हप्ता आफ्नो बैठकमा ब्याजदर कटौती सुरु गर्ने तयारी गरेको छ । यसले ईसीबी नीति निर्माताहरूलाई पनि उनीहरूको आफ्नै कटौतीको साथ अगाडि बढ्ने बारेमा आत्मविश्वास बढाउनेछ ।
लगानीकर्ताले ईसीबीकी प्रमुख क्रिस्टिन लेगार्डको बैठकपछिको पत्रकार सम्मेलनलाई नजिकबाट नियालिरहेका छन् । आइएनजी बैंकका अर्थशास्त्री कास्र्टन ब्रेजेस्कीले भने, “यो अव्यवस्थित तस्वीरको अर्थ सेप्टेम्बरपछिको ब्याजदर कटौतीको निर्णय वित्तीय बजारको मूल्यभन्दा बढी जटिल र विवादास्पद हुन सक्छ। फलस्वरूप, हामी बिहीबारको बैठकमा कुनै नयाँ अग्रगामी मार्गदर्शनको अपेक्षा गर्दैनौं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: