बेइजिङ । चीनले दक्षिण चीन सागर लगायत आफ्नो सार्वभौम क्षेत्रमा कुनै पनि विदेशी अतिक्रमणलाई “दमन“ गर्ने बेइजिङका एक वरिष्ठ सैन्य अधिकारीले बिहीबार बताए । वासिङ्टन र बेइजिङले दक्षिण चीन सागरलगायत विवादित समुद्री क्षेत्रहरूमा चीनको बढ्दो दाबीलाई लिएर तनाव बढेको छ ।
हालैका महिनाहरूमा सागरमा चिनियाँ सैन्य जहाजले फिलिपिन्सका पानीजहाजमाथि व्यापक आक्रमण सुरु गरेको छ । चीनको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाको बाबजुद पनि बेइजिङले दक्षिण चीन सागरको ठूलो हिस्सामा आफ्नो पूर्ण दाबी पेश गर्दै आएको छ । सियाङ्सन मञ्चमा एएफपीलगायत सञ्चारकर्मीसँग कुरा गर्दै चिनियाँ सेनाका लेफ्टिनेन्ट जनरल हे लेइले भने, “हामी आशा गर्दछौँ दक्षिण चीन सागर सदाजस्तै शान्तिको सागर बन्नेछ ।”
“हामी दृढ सङ्कल्प, दृढ इच्छाशक्ति, बलियो क्षमता र प्रभावकारी माध्यमबाट चीनको क्षेत्रीय, सार्वभौम र समुद्री अधिकार र हितका लागि लड्नेछौँ । यहाँ हुने कुनै पनि विदेशी शत्रुतापूर्ण अतिक्रमणलाई दृढतापूर्वक सामना गर्नेछौँ,” उनले भने ।
चीन र फिलिपिन्सले बुधबार दक्षिण चीन सागरका मुद्दाहरूमा विशेष गरी हालैको द्विपक्षीय विवादका विषयमा स्पष्ट वार्ता गरेका थिए । “दुवै पक्ष हटलाइन संयन्त्र, तटरक्षक सहयोग, र समुद्री वैज्ञानिक र प्राविधिक सहयोगका बारेमा छलफल जारी राख्न सहमत भएका छन्,” फिलिपिन्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८१ - २१:०३
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमा...
माघ ६ गते, २०८१ - २०:४०
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ...
माघ ६ गते, २०८१ - २०:३०
सिराहा । मधेशी सहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन् । माघ ५ गते मधेश बलिदानी दिवस...
माघ ६ गते, २०८१ - २०:०९
दाङ । जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा...
माघ ६ गते, २०८१ - २०:०६
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । पोखराबाट नारायणगढ जाँदै गरेको ब...
माघ ६ गते, २०८१ - २०:०१
काठमाडौं । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । भारतकाे नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आ...
माघ ६ गते, २०८१ - १९:४८
धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेल आफुहरुकाे पार्टी नेकपा एमालेविरुद्ध चाैतर्फी घेराबन्दी जारी रहेकाे बताएका छन् । एमाले जिल्ला कमिटी धनकुटाको...
माघ ६ गते, २०८१ - १९:३६
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । एन्फा मैदानमा आ...
माघ ६ गते, २०८१ - १९:३३
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित भएकाे छ । प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौँ बैठकले मधेश सरकारको चालु...
माघ ६ गते, २०८१ - १९:२४
हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । चंखेली गाउँपालिका– ...
प्रतिकृया लेख्नुहोस्: