बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले गत आवमा २० अर्व ९ करोड ४८ लख ७५ हजार रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिए।
गत आवमा सङ्कलन भएको राजस्व आव २०८१–८२ भन्दा केही न्यून भएको भन्सार कार्यालयले जनाएको छ। गत आवका लागि नेपालगञ्ज भन्सार कार्यालयले २४ अर्व ५४ करोड ५७ लाख ८२ हजार रुपियाँ राजश्व संकलनका लागि लक्ष्य प्राप्त गरेको थियो । लक्ष्यको करिब ८१।८७ प्रतिशत राजस्व संकलन भएको छ ।
भन्सारको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०८१–८२ मा २० अर्व २८ करोड ५१ लख ८१ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । आव २०८०–८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो।
नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ। नेपालगञ्ज नाकाबाट जडिबुटी लगायतका सामग्रीको निकासी समेत हुने गरेको छ । बिश्वब्यापी आर्थिक मन्दी लगायतका कारण राजस्व संकलन लक्ष्यअनुसार संकलन हुन नसकेको हो।
इन्धन संकट र इन्धनको मूल्यमा अप्रत्याशित वृद्धिका कारण विकास निर्माणको गतिविधि, बजेट कार्यान्वयन तथा वस्तुहरूको आपूर्तिमा संकुचन आउँदा राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय कालोपत्रे सडकमा प्रयोग हुने बिटुमिन, कोइला, पीभीसी रेजिन, कम्पाउन्ड तथा अन्य कच्चा पदार्थहरूको मूल्य अत्यधिक बढ्दा आयात घटेको भन्सार तथ्यांकले जनाएको छ । पुँजिगत खर्च अपेक्षाकृत कम हुनु, लगायतका कारण पनि लक्ष्यअनुसार राजश्वक संकलन हुन नसकेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १७:१४
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...
श्रावण २३ गते, २०८३ - १७:०४
नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...
श्रावण २३ गते, २०८३ - १६:१९
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...
श्रावण २३ गते, २०८३ - १५:५८
कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...
श्रावण २३ गते, २०८३ - १४:४९
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...
श्रावण २३ गते, २०८३ - १४:३४
पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...
श्रावण २३ गते, २०८३ - १४:२३
सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...
श्रावण २३ गते, २०८३ - १४:०३
धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...



प्रतिकृया लेख्नुहोस्: