काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ।
शुक्रबार एक शिक्षकले उक्त गीत प्रतिबन्ध लगाउन माग गर्दै मन्त्रालयमा लिखित निवेदन दिएका हुन्। उजुरी दिने शिक्षक तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई रहेका छन्।
निवेदनमा चलचित्र ‘मास्टर्नी’ मा समावेश ‘ताराबाजी लैलै’ बोलको गीतमा समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि अपमान हुने किसिमका अमर्यादित शब्द प्रयोग गरिएको आरोप लगाइएको छ।
उजुरीकर्ताले गीतका शब्दले शिक्षक पेसाको सम्मानमा आँच पुर्याउनुका साथै सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यतामाथि समेत नकारात्मक प्रभाव पार्ने दाबी गर्दै तत्काल रोक लगाउन माग गरेका छन्।
यसअघि पनि उक्त गीतले शिक्षक र शिक्षण पेसाको मर्यादामाथि प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समिति ले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए।
शिक्षक संघ–संस्थाहरूले गीतका आपत्तिजनक अंश सच्याउन तथा सार्वजनिक रूपमा माफी माग्नसमेत माग गर्दै आएका छन्। पछिल्लो उजुरीसँगै चलचित्रको उक्त प्रमोसन गीत विवादमा परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
श्रावण १ गते, २०८३ - १३:०२
काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...
श्रावण १ गते, २०८३ - १२:५३
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...



प्रतिकृया लेख्नुहोस्: