Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

खबरडबली संवाददाता

गाजा । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ । 

गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ । पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ । “इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएको गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्टसङ्घीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन् ।

युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ भने विद्यमलयमा बारम्बारको युद्धले विथोलिएका गाजाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिई रहेको छ ।

इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ । इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जावनी क्षेत्र भित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

काठमाडौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।  ...

टर्कीको होटलमा आगलागीमा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्र...

गुल्मीबाट बसको ढोकाबाट खसेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ । बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु...

यातायात कार्यालय गाईघाटको राजश्व ५ करोड बढी

उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४...

सिराहाकाे भवरी मेलाबाट पेस्तोलसहित दुई पक्राउ

सिराहा । सिराहाको गोलबजार नगरपालिका–११ बल्कवास्थित मैनाबत्ती खोला किनारमा लाग्ने भवरी मेलाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।  मेलामा झगडा ...

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् ...

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडाैं । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट ...

चालु आवकाे अर्धवार्षिक समीक्षा: वैदेशिक व्यापार घाटा उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर...

अर्घाखाँचीमा हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।  पछिल्लो समय युवाहरू वि...

अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टीले हस्तक्षेप नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन स्वतन्त्र पूर्वक हुने भएकाे छ । क्रान्तिकारीको निर्वाचनबारे छ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy