काठमाडौं । नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
हालै एक टेलिभिजनमा अन्तरवार्ता दिदै अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्तालाई पार्टीको प्रगति, उन्नती र समृद्धिका निम्ति लागि पर्न आग्रह गरे।
पार्टीमा रहेसम्म पार्टीहित विपरित बोल्ने छुट कसैलाई नभएको उनको भनाइ छ।
रामकुमारी झाँक्रीबारे सोधिएको प्रश्नमा उनल भनेका छन्, ‘हाम्रो पार्टीमा रहेका कमरेडहरूले पार्टी हित विपरित बोल्नु भएको छ भने त्यो ठिक होइन। प्रष्ट भन्नुपर्छ। रामकुमारी झाँक्री नेपाली राजनीतिको निम्ति आवश्यक नेता हो। उहाँको महत्वपूर्ण भूमिका रहने देखेको छु। उहाँलाई म सम्झाउने छु। पार्टीभित्र रहेर अराजकता मच्चाउने, उदण्डता र अनुसाशनहिनतालाई प्रयस दिने काम स्वीकार्य हुन सक्दैन।’
एक प्रसँगमा अध्यक्ष नेपालले राजनीतिबाट विश्राम लिने अवस्था भइसकेको स्पष्ट पार्नु भएको छ। कार्यक्रम प्रस्तोताले अब त रिटायर्डमेन्ट टाइम पनि भयो नि? भनेर सोधेको प्रश्नको जवाफमा भने, ‘हामीले धेरै काम गरेका छौं। आज पनि काम गरिरहेकै छौँ। ७० वर्षको भइयो। दशौँ राष्ट्रिय महाधिवेशनबाटै बिदा हुन खोजेको थिएँ। केही साथीहरूले मान्नु भएन। अब त रेष्ट गर्नुपर्छ भन्नेमा छु। प्रचण्डजिलाई पनि यहि भन्नेवाला छु। नयाँलाई दिऔँ। कति हामी नै टाँसिरहने ? करिब मेरो जीवनको यो नै अन्तीम कार्यकाल हो भन्दा हुन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: