Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले दलको हैसियतमा बिहीबारकै बैठकमा कसले बोल्ने भन्ने विषयमा समेत सांसदहरूबीच अन्योल देखिएको छ ।

अर्कोतर्फ सरकारले रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिप्रति चासो बढाएको छ । शक्ति सन्तुलनको सिद्धान्तबमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्‍मा प्रमुख प्रतिपक्ष दलको नेता समेत सदस्य रहने संवैधानिक व्यवस्था छ । ६ सदस्यीय परिषद्‌मा अन्य सदस्यका रूपमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधिसभाका उपसभामुख रहने व्यवस्था छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मंगलबारदेखि नै अनिवार्य अवकाशमा गइसकेका छन् । सभामुख र उपसभामुखको निर्वाचन अझै भएको छैन । अबको संसद्को मुख्य कार्यसूची नै सभामुख र उपसभामुख चयन रहेको छ ।

निर्वाचनलगत्तै सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन् । नेता शेखर कोइराला र उनी पक्षीय नेताहरू पनि अहिले सोही समूहमा देखिएका छन् ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यही कारणले संसदीय दलको नेता चयन प्रक्रिया प्रभावित भएको कांग्रेस नेताहरूको बुझाइ छ ।

महामन्त्री गुरुराज घिमिरे भने पार्टीका अन्य सांगठनिक कामको व्यस्तताका कारण दलको नेता चयनमा केही ढिलाइ भएको बताउँछन् । दलको नेता चयन प्रक्रिया अघि बढाउन आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको उनले जानकारी दिए ।

‘बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयन प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने ।

संस्थापन पक्षले पार्टी कमजोर बनेको अवस्थामा दलको नेता सर्वसम्मतिबाट चयन होस् भन्ने चाहना राखिरहेको छ । तर, पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने आफ्नो समूहबाट दलको नेता उठाउने संकेत दिएको छ । देउवा पक्षबाट तत्कालीन सहमहामन्त्री भीष्म आङ्देम्बेको नाम चर्चामा छ । पार्टीभित्रको विवादमा आङदेम्बेले मध्यमार्गी भूमिका देखाउन खोजेकाले उनको नाममा सर्वसम्मति हुन सक्ने एक पदाधिकारीले बताए ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नाम समेत चर्चामा छ । संसद्‍मा युवा सांसदहरूको बाहुल्यता रहेकाले कांग्रेसभित्र पुराना नेताभन्दा युवा सांसद निश्चल राईलाई दलको नेता बनाउन समेत लबिङ भइरहेको छ ।

कांग्रेसमा मात्रै नभई संसद्कै ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी हुन् । ज्येष्ठ सदस्यको नाताले सभामुखको निर्वाचन सम्पन्न नभएसम्म उनले संसद्को अध्यक्षता गर्नेछन् । केसीले केही समयअघि दलको नेताका लागि इच्छा व्यक्त गरेका थिए । तर, संसद्को अध्यक्षता गर्ने जिम्मेवारीमा रहेकाले अहिले पार्टीभित्रको विषयमा टिप्पणी नगर्ने बताएका छन् ।

‘मैले संसदको जिम्मेवारी पूरा गरेर फर्केपछि मात्रै दलको नेताबारे के गर्ने भन्ने कुरा गर्छु । फरक जिम्मेवारीमा रहेका बेला यसबारे बोल्न मिल्दैन,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending