Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

छोरी–बुहारीलाई उच्च शिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

खबरडबली संवाददाता

महोत्तरी ।  जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् । पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्च शिक्षाको अवसर दिने थलो बनेको छ ।

क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको संख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्चशिक्षामा अध्ययनरत् छन् । बर्दिबास–३ पाटुकी गीता खड्काले स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर गर्न विविध कारणले सकेकी थिइनन् । बर्दिबासमै स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उनले भर्ना गरिन् । खड्का अहिले नेपाली विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा छिन् ।

लालगढकी विमला मोक्तान, गौरी जर्घा, चुरेकी मीना तामाङ र बर्दिबास माइती भएकी प्रियङ्का सुवेदीलगायत स्नातकोत्तर पार लगाउने तयारीमा छन् । उनीहरु सबै शिक्षण पेसामा आबद्ध छन् । ‘हामी विद्यालयमा गुरुआमा, क्याम्पसमा विद्यार्थी’, प्रियङ्का सुवेदीले भनिन्, ‘यहींबाट स्नातक गरें, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो, तर माइत बसेर पढ्ने वातावरण मिल्यो ।’ बर्दिबासमा यो तहको पठनपाठन सुरु हुनु आपूmहरुलाई बरदान बनेको प्रियङ्कासहितका छात्राहरुको सामूहिक प्रतिक्रिया छ ।

घर नजिक क्याम्पस भएकैले आफूहरु उच्च शिक्षामा जोडिन पाएको उनीहरुको भनाइ छ । ‘घरकै सिठोपीठो खाएर डिग्री गर्न पाइयो’, अहिले स्वास्थ्य विषयको चौथो सेमेस्टरकी छात्रा मीना तामाङ भन्छिन्, ‘यहाँ क्याम्पस नभएको भए हामी जस्ता कमजोर आर्थिक अवस्थाका छोरी पढ्न बाहिर जान सक्दैनथ्यौँ । छोरीको उच्च’शिक्षामा बाहिर जाने कुरा आर्थिक अवस्था मात्र नभई सुरक्षा संवेदनशीलताले पनि अभिभावक हच्किने गरेका मीनाको बुझाइ छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहका २१ विद्यार्थीमध्ये १५ जना छोरीबुहारी रहेको क्याम्पस प्रमुख तेजबहादुर खड्का बताउँछन् ।

क्याम्पसले विसं २०७५ देखि शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरेको हो । बर्दिबास जनता बहुमुखी क्याम्पस सञ्चालनमा आएसँगै उच्चशिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिबास र वरपरका छोरीबुहारीले पढ्ने अवसर पाएका हुन् । क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्ने प्रायः सबै पाको उमेरका छन् । स्नातक सकेर विभिन्न क्षेत्रमा काममा लागेकाहरु यहाँ स्नातकोत्तर तह अध्ययन गर्न भर्ना भएका छन् ।

स्नातक सकेर स्वास्थ्यक्षेत्रमा सरकारी जागिरे भएका  रामबाबु यादव र मोहन माझी अहिले स्वास्थ्य विषयमा स्नातकोत्तर गरिरहेका छन् । ‘यहीं काममा छौँ, यहीँ पढ्न पाइने अवसर जु¥यो’, बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखामा कार्यरत ४० वर्षीय यादव भन्छन्, ‘पढाइमा उमेरको केको छेकवार १’

स्नातकोत्तर तहमा मात्र नभई स्नातक तहमा पनि छात्राको संख्या उल्लेख्य छ । स्नातक तहसम्म शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुने क्याम्पसमा एक हजार बढी विद्यार्थीमा सात सय बढी छात्रा छन् । स्नातक तहमा अधिकांश नियमित विद्यार्थी कक्षा १२ सकेपछि लगत्तै पढाइ जारी राखेका छन् । बर्दिबास–२ घर भएकी श्वेता अर्याल भन्छिन्, ‘मेरो त १२ सकेपछि दुई÷तीन वर्ष बाबाको जागिर सँगसँगै हिँड्दा पढाइ नियमित हुन सकेन, विवाह बर्दिबास–२ मा भएपछि कलेज जोडिएँ, स्नातक यहीँबाट सकें’, अर्याल भन्छिन्, ‘स्नातकको पढाइ र छोरी हुर्काउन सँगसँगै पर्‍यो, तर परिवारजनको मेरो पढाइप्रतिको वास्ताले सहजै पार लगाएँ । वाणिज्य विषयकी छात्रा अर्यालले चौथो वर्षकोे परीक्षा दिइसके पनि परिणाम ९नतिजा प्रकाशन० आउन बाँकी रहेको बताइन् ।

घर नजिक क्याम्पस भएपछि छोरीबुहारी पढ्न जान अनुकूल भएको अभिभावक बताउँछन् । आफ्नै घर नजिक क्याम्पस भएपछि गरिबीबीच पनि दुःखसुख पढ्न सकिने वातावरण हुँदा यहाँको क्याम्पसमा छोरीबुहारीको संख्या बढी भएको अभिभावक हरि दाहाल बताउँछन् । यस कलेजमा १५ किलोमिटर दूरीसम्मका विद्यार्थी अध्ययनरत् छन् । यसै क्याम्पसबाट स्नातकोत्तर पूरा गरेकी औरही–७ टिम्कियाकी सुनिता ठाकुरले पढ्ने सङ्कल्प भएपछि केही टाढा र कमजोर आर्थिक अवस्थाको कुराले छेक्न नसक्ने बताइन् ।

तराईमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही ९लोहार, डकर्मी पेसाका तराईको जाति० परिवारकी ठाकुरले करिब १५ किलोमिटर दूरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन यसै क्याम्पसबाट पूरा गरेकी हुन् । ‘एसएलसीपछि मेरो स्टाफ नर्स पढ्ने रहर थियो, गरिबी बाधक बन्यो’, सुनिताले भावुक हुँदै भनिन्, ‘जे होस् अभावै अभावका बीचमा पनि स्नातकोत्तर पूरा गरें ।’

नातेदार आफन्तहरुले स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहे पनि बुबा रामदुलार ठाकुरले त्यतिखेर यो छोरीको निर्णयमा भरपर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइ दिएको सुनिताको भनाइ छ । ‘सम्पत्ति नभएर बुबाले स्टाफ नर्स पढ्ने मेरो रहर पुर्‍याउन सक्नुभएन’, सुनिताले  भनिन्, ‘तर, मेरो पढ्ने इच्छाको सधैँ उहाँले सम्मान र समर्थन गर्नुभयो, मलाई पढ्न र इच्छित काम गर्न छेकवार भएन ।’ स्टाफ नर्स बन्ने सपना सँगालेकी ठाकुरले स्वास्थ्य विषयमा स्नातकोत्तर गरेकी छन् ।

विसं २०६४ मा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा यी सङ्कायभित्र विद्यार्थीले विभिन्न विषयको अध्ययन गर्दै आएका छन् । त्यसैगरी, २०७५ सालदेखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको हो ।

क्याम्पसमा अहिलेलाई दुखजिलो कोठा पुगे पनि बढ्ने विद्यार्थी संख्यालाई अब थप भवन चाहिने क्याम्पस प्रमुख खड्का बताउँछन् । अहिले छ कट्ठा क्षेत्रफलको आफ्नै नाउँको जग्गामा तीनतले क्याम्पस भवन छ । क्याम्पसमा छजना कर्मचारी र २८ जना शिक्षकसहित ३४ जनाको जनशक्ति कार्यरत छ । यद्यपि शिक्षकमा नौ जनामात्र पूर्णकालीन भएको खड्काले स्पष्ट पारे । क्याम्पसलाई बर्दिबास नगरपालिकाले नौ बिघा एक कट्ठा एक धुर जग्गा भोगाधिकारसहित उपलब्ध गराएको छ ।

यो जग्गा क्याम्पसकै नाउँमा दर्ता हुने प्रक्रिया अघि बढेको छ । अहिले काँडेतार लगाएर घेरिएको यो जग्गामा भविष्यमा क्याम्पस भवन विस्तार गर्न सकिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल बताउँछन् । जताततै सामुदायिक क्याम्पसको शाख गिर्दै गएको प्रतिक्रिया अन्त सुनिए पनि बर्दिबासमा भने शाख बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण, व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले बर्दिबास जनता बहुमुखी क्याम्पसले सुनाम कमाएको लामो समय शिक्षण पेसामा रही हाल सेवा निवृत्त भएका बर्दिबास–१ का केदारबहादुर कोइराला बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र नेपाल सन्दर्भ

पृष्ठभूमि मानवलगायत पृथ्वीमा रहेका सबै जीवनलाई आवश्यक पर्ने प्रक्रियाहरूको लागि जैविक विविधता आवश्यक छ। जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको विस्तृत...

सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री र गाउँपालिका अध्यक्षबीच आरोपप्रत्यारोप

रुपन्देही । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेश राजधानी रहेको स्थानीय सरकार हो । प्रदेश सरकारका सबै मन्त्रालय, अन्य कार्यालय, प्रदेश सभासहितका महत...

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । योस...

अढाई दशकपछि नक्सालको हिटीमा फर्कियो पानीको प्रवाह

काठमाडौँ । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा अढाई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको हो । हा...

कालीमाटी तरकारी बजारः यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

टनेलकाे गाेलभेँडा बजारमा आएसँगै मूल्य उच्च

तनहुँको बुल्दीखोलामा पक्की पुल निर्माण

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क आवतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोल...

सत्ता समीकरण तत्काल परिवर्तन नगर्ने मुडमा छन कांंग्र्रेस सभापति देउवा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ। संसद्का दुई...

तरुण दलको लम्मजुङ अधिवेशनमा खुकुरी प्रहार, ४ घाइते मध्य २ लाई काठमाडौं रिफर

लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फ...

प्रतिनिधिसभा बैठकः बिनियोजन बिधेयकमाथी छलफल जारी रहने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ...

आजको मौसमः कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending