धनगढी। चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते संशोधित बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर विविध कारणवश बजेट प्रस्तुत गर्न ढिलाइ भएको स्वीकार्दै भदौ ३१ गते सदनमा बजेट सार्वजनिक गर्ने बताए। उनले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको उल्लेख गरे।
“संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ”, मुख्यमन्त्री शाहले भने,“यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ । किनभने सदनको हामीले सम्मान गर्नु पर्दछ ।”
मुख्यमन्त्रीले बजेटको आकारमा केही तलमाथि हुन सक्ने बताए। यसअघि, असार १ गते तत्कालीन सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । यसमा केही हेरफेर हुन सक्ने मुख्यमन्त्रीको भनाइ छ ।
उनले प्रदेश सरकारले तय गरेको बजेटका चार वटा आधारले बजेटमा हुने बेथिति रोक्न सहयोग गरेको बताए । प्रदेश सरकारले २५ लाखभन्दा कमका योजनालाई वित्तीय हस्तान्तरण गर्ने, २५ लाखभन्दा माथिका योजना मात्रै प्रदेशले सञ्चालन गर्ने, उपभोक्ता समितिमार्फत काम नगराउने र व्यक्ति, फर्म, सहकारी लगायतको नाममा बजेट विनियोजन नगर्ने बजेटका आधार तय गरेको थियो ।
यसै गरी, प्रदेश सभा सदस्यहरूले निर्वाचन क्षेत्रको समस्या बुझेका र त्यहाँको समस्या देखेका कारण निर्वाचन क्षेत्रमा भएका समस्या सम्बोधनका लागि प्रदेश सभा सदस्यहरूलाई बजेट छुट्टाउने मुख्यमन्त्री शाहले स्पष्ट पारे ।
शाहले आफूसहित मन्त्रीपरिषद्का कोही पनि सदस्यले कुनै बदमासी गरे त्यो मन्त्रीमण्डलमा नरहने बताएको छन् । उनले बदमासी गर्नेलाई आफूले कारबाही गर्ने उल्लेख गरे।
पत्रकारको एक जिज्ञासाको जवाफमा मुख्यमन्त्रीले कर्मचारी सरुवामा आफूले कुनै दबाब नदिएको जिकिर गरे। सङ्घीयतालाई बलियो बनाउन सङ्घ र प्रदेशको अधिकार स्पष्ट हुन आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: